fbpx

चैते धान पाकेर पहेंलपुर किसानलाई स्याहार्ने चटारो

चैते धान पाकेर पहेंलपुर किसानलाई स्याहार्ने चटारो

मीन अधिकारी, राजापुर । बर्दियाको भौरा क्षेत्रका किसानलाई चैते धान स्याहार्न चटारो पर्न थालेको छ । धान उत्पादनको दृष्टिकोणले अतिनै उर्वर जमिन रहेको भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका किसानले रोपेका चैते धान यतिवेला पाकेर पहेलपुर भएको छ ।

भौराक्षेत्रमा धान सुपरजोन बनेर किसानलाई उन्नत विउविजन तथा कृषि यन्त्र उपकरणमा सहयोग दिने गरेकाले किसानको चैते धान खेती तर्फ आकर्षण बढेको राजापुर नगरपालिका वडा नं. ५ का किसान भागिराम थारुले वताउनु भयो । धेरै मेहनत गरेर फलाएको चैते धान विक्री गर्न भने किसानलाई समस्या रहेको धिकांश किसानको दुखेसो छ ।

्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान सुपर जोन राजापुरका प्रमुख डा. तपेन्द्र बहादुर शाहाले गत वर्षहरुमा भन्दा यो वर्ष चैते धान खेतीको क्षेत्र विस्तार भएको वताउनु भयो । सुपर जोनले विभिन्न विधामा किसानलाई अनुदान सहयोग दिने भएकाले व्यवसायिक रुपमा किसानले चैते धान खेती गर्न थालेको र अव यो क्षेत्रमा वजारीकरणको समस्या रहेको जानकारी दिनु भयो ।

राजापुर नगरपालिकाको कृषि शाखा प्रमुख अमृता चौधरीले भौरा क्षेत्रमा करिव १ हजार हेक्टरमा चैते धान खेती गरिएको बताउनु भयो । सुपर जोन र कृषि शाखाका प्राविधिकहरुको सहयोग र सुझावले अहिले कतै धान काटिदै छ त कतै धान रोपिदै छ । भौरा क्षेत्रका जमिनहरु अहिले करिब १२ महिना हरियो हुने प्रक्रियामा रहेका छन् । जसले किसानको आय आर्जनमा वृद्धि हुने देखिन्छ ।

तपाइको मत