भेरी अस्पताललाई पीसीआर मेसिन सहयोग
- आइतबार जेठ २३ , २०७८
हरिवंश पाण्डे, बाँके । बाँकेको भेरी अस्पताललाई कोभिड परीक्षण गर्ने मेसिन सहयोग गरिएको छ । कोभिड महामारीमा देशकै सुदुरपशचिम, लुम्वीनी र कर्णाली प्रदेश लगाएतका जिल्लाहरूका कोभिड बिरामीको परीक्षण र उपचारमा महतत्वपूर्ण भूमिका निर्वाह गरेको भेरी अस्पताल नेपालगन्जलाई युएसएआईडी स्वास्थ्यका लागि सक्षम प्रणाली एसएसवीएचले पीसीआर मेसिन सहयोग गरेको हो ।
एक पटकमा ९६ वटा सम्म स्याम्पल जाँच गर्ने सक्ने उक्त मेसिन एक कार्यक्रमका बीच अस्पतालका मेडिकल सुपिटेन्डेन्ट डा. प्रकाश थापालाई हस्तान्तरण गरिएको फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
भेरीमा कोभिड परीक्षणका लागि २ ओटा पीसीआर मेसिन भएको छ । अबका दिनमा परीक्षण संख्या दोब्बर गर्न सकिने र छिटो नतिजा आउने भएकोले कोभिड ब्यवस्थापन सजिलो हुने श्रेष्ठ बताउँछन् । कोभिड परीक्षण मेसिन सहयोग टीम लगायत सुलभ आचार्यप्रति अस्पताल परिवारले धन्यबाद ब्यक्त गरेको छ ।