स्थानियतह मार्फत फड्कोमार्दै बर्दियाको भौंराटप्पा
- शनिबार जेठ २२ , २०७८
मीन अधिकारी, राजापुर । बर्दियाको राजापुर नगरपालिकाले विकासको फड्को मार्न थालेको छ । नेपालका ठुला कणाली र गेरुवा नदीको वीचमा रहेको भौराटापुका दुई पालिकामा स्थानीय सरकार आएपछि गाउँगाउँ सम्म विकासका गतिविधिहरु भएका छन् ।
भौराक्षेत्रमा विकासका कामको जनस्तरबाट गरिएको अपेक्षा भने पुरा नभएको राजापुर नगरपालिका वडा नं. ५ का स्थानीय समाजसेवी वालकृष्ण चाौधरीले वताउनु भयो । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको, सडक, पुलेसा, प्राविधिक शिक्षा, स्वास्थ्योपचारको व्यवस्था, मध्यवर्ती क्षेत्रका समस्या अझै संवोधन हुन नसकेको समाजसेवी चौधरीको भनाई छ ।
योजनाबद्ध रुपमा दुबै पालिकाले स्थानीय तहको विकासलाई गति दिएको गेरुवा गाउँपालिका वडा नं. २ का वडाध्यक्ष तथा समाजसेवी आलोक चौधरीले वताउनु भयो । गाउँगाउँमा बाटोघाटोको समस्या, स्वास्थ्य सेवाको अभाव रहेको अवस्थामा स्थानीय सरकारले धेरै समाधान गरेको वताउनु भयो ।
विकास नै नभएको ठाउँमा एकै पटक धेरै विकास निर्माणका काम नदेखिने वडाध्यक्ष चौधरीको भनार्ई छ । राजापुर नगररपालिका वडा नं. ५ का वडाध्यक्ष राम बहादुर थारुले राजापुर नगरपालिका भर विकासको लहर पुगेको वताउनु भयो । भौरा क्षेत्रका नेतृत्वले खास गरी लामो समयसम्म विकासका योजना ल्याउन नसकेकाले पछाडि परेको छ ।
यो क्षेत्रमा विकासका हरेक पूर्वाधार अगाडि बढि रहेको उहाँको भनाई छ । पूर्व पश्चिम कालो पत्रे सडकले जोडिएको भौरा क्षेत्रमा सुविधा युक्त अस्पतालको कमी रहेको र त्यसका लागि पनि विशेष पहल भइ रहेको वडाध्यक्ष थारुले प्रष्ट पार्नुभयो ।