fbpx

कोहलपुर शिक्षण अस्पतालमा आईतबारदेखि ओपीडी सेवा शुरु

कोहलपुर शिक्षण अस्पतालमा आईतबारदेखि ओपीडी सेवा शुरु


हरिवंशपाण्डे, बर्दिया । कोहलपुर शिक्षण अस्पताल कोहलपुरले कोभिड महामारीका बेला बन्द गरेको बहिरंग (ओपीडी) सेवा पुनः सुचारु गर्ने भएको छ । कोभिडको दोस्रो लहरसगै नेपालको सुदुरपश्चिम, लुम्बिनी, कर्णाली प्रदेस लगाएतका जिल्लाका कोभिड सक्र्रमित बिरामीहरूको चापका कारण ओपीडी सेवा बन्द गरिएको थियो ।

यतिखेर कोभिड बिरामीहरूलाई मात्र सेवा दिँदै आएको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरले कोभिड बिरामीको सख्यामा कमी आएसगै अन्य बिरामीलाई पनि आईतबारदेखि नियमित ओपिडि सेवा सुचारु गर्न लागेको अस्पतालका निर्देशक डा. भोजराज जोशीले सूचना जारीगर्दै जानकारी दिएका छन् । आईतबारदेखि कोभिड र नन कोभिड दुवै बिरामीलाई नियमित सेवा प्रदान गर्ने सूचनामा बताईएको छ ।

तपाइको मत