fbpx

अनुमति नलिएका सवारी साधन बर्दिया प्रवेशमा कडाई

अनुमति नलिएका सवारी साधन बर्दिया प्रवेशमा कडाई

हरिवंश पाण्डे, बर्दिया । जिल्ला प्रशासनले पछिल्लो पटक निशेधाज्ञाको समय सीमा बढाएसँगै जिल्लामा प्रवेश गर्ने सवारी साधनलाई कडा पारिएको छ । प्रहरीले बर्दिया प्रवेशका सीमाना बाँके, सुर्खेत र कैलाली सडक खण्डबाट जिल्ला भित्रिने सवारी साधनलाई कडाईका साथ चेकजाँच शुरु गरिएको छ ।

कोरोना संक्रमण दरलाई परास्त पार्न जिल्लामा विविध उपाए अपनाईएको हो । अन्य जिल्लाबाट बर्दिया प्रवेश गर्ने सवारी साधनको चेकजाँचमा कडाई गरिएपछि जथाभावी रुपमा सवारी साधन भित्रिन पाएका छैनन् । बर्दिया जिल्लासंग सिमाना जोडिएका बाँकेको मानखोला, कैलालीको चिसापानी र सती तथा सुर्खेतको बबई खोला सिमानामा चेकजाँच थप कडा पारिएको प्रहरी उपीक्षक ईश्वर कार्कीले बताउनु भयो ।

तपाइको मत