निषेधाज्ञाले कृषिक्षेत्रमा समस्यापर्दा किसानहरु मर्कामा
- शुक्रबार जेठ २१ , २०७८
हरिवंश पाण्डे, बर्दिया । अहिले सरकार द्वारा देशका अधिकाँस क्षेत्रमा लगाएको निषेधाज्ञाले हरेक क्षेत्रमा प्रतिकूल प्रभाव पारेको छ । मानिसको दैनिकीमा निकै असर पुर्याएको छ। विविध क्षेत्रमा पारेको असर मध्ये कृषि क्षेत्रमा यसको असर अलि बढी मात्रामा देख्न सकिन्छ ।
देशमा भित्रिएको कोभिड दोश्रो लहर सगै संक्रमितको संख्या ह्वात्तै बढ्यो। रोकथामका विविध उपाए अपनाता पनि संक्रमितको संख्यामा कमी नआएसी अंततः सरकारले प्रभावित क्षेत्रको आधारमा निषेधाज्ञा लगाउने निर्णय गर्यो ।
निशेधाज्ञा सगै सबै कृयकलापहरु लगभग ठप्प भए । यातायात, व्यापार व्यवसाय, स्कूल , होटल , होस्टेल लगाएत सम्पूर्ण क्षेत्र अहिले पूर्णतया बन्द छन्। जसको प्रभाव कृषि क्षेत्रमा सहजै देख्न सकिन्छ । उत्पादित कृषिजन्य फलफूल, हरियो तरकारी लगाएतका कच्चा सामाग्रीको बजारको अभाव , खपत नहुने समस्या ढुवानी लगाएतको समस्याले अहिले कृषकको बारीमा हरियो सागसब्जी त्यसै सड्ने गरेको र तरकारी सुङ्गुर बुङ्गुरलाई खुवाउनु परेको पिडा ठाकुरबाबा ९, ठाकुरद्वाराका कृषक पृथ्वी चौधरी दुखेसो पोख्नु हुन्छ । लगानी समेत उठाउन हम्मे हम्मे परेको चौधरी बताउँछन् ।
यस्तै पिडा सुनाउँछिन् रज्वराकी कृषक बेलमती थारु । सामान्य परिस्थिमा हाट बजार तथा घर घर गएर तरकारी बिक्री गर्ने बेलमती अहिले हाट बजार बन्द रहेको र घर घर गएर तरकारी बिक्री गर्ने वातावरण नरहेको बताउँछिन् । घर घर तरकारी डुलाएर बेच्ने सोच बनाएर आफ्नो स्वास्थ्यलाई खतरामा पार्दै तरकारी डुलाए नी अधिकांसले तरकारी किन्न हिचकिचाउने उनी अगाडि थप्छिन् ।
अहिलेको विषम परिस्थतिलाई यी र यस्ता सामान्य र कच्चा क्षेत्रमा लगानी गर्ने लगानीकर्ता चिन्तित छन् । जसोतसो गरेर कृषिमा लगानी गरेकाले लगानी समेत उठाउन नसकेमा पेशाबाटै विस्थापित हुनेसम्भावना बढी रहेकोले आगामी दिनमा स्थानिय सरकारले बजेट निर्माण गर्दा कोभिड प्रभावित व्यवसायीलाई ध्यान दिन जरुरी देखिन्छ ।