fbpx

पत्रकारलाई युनिकको स्वास्थ्य सामाग्री

पत्रकारलाई युनिकको स्वास्थ्य सामाग्री

मीन अधिकारी, राजापुर । कोरोनाको दोस्रो लहर चलिरहेको अवस्थामा फन्ट लाइनमा खटिने पत्रकारहरूलाई जोखिम रहेकोभन्दै युनिक नेपालले पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

युनिक नेपालले आफ्नो २६ औं बार्षिकोत्सवको अवसरमा बिहीबार युनिक नेपालको केन्द्रीय कार्यालय राजापुर २ जोतपुरमा पत्रकारहरूलाई स्वास्थ्य सामाग्री वितरण गरेको हो । राजापुर र गेरूवाका सक्रिय पत्रकारहरूलाई १०० थान माक्स र ५०० मिलिलिटर सेनिटाइजर वितरण गरिएको छ ।

कार्यक्रममा यूनिक नेपालका सस्थापक संरक्षक डा. गोपाल दहित, युनिक नेपालका अध्यक्ष प्रीम बहादुर थारु, महासचिव महादेव रत्गैया, कानुनी सल्लाहकार अधिवक्ता सन्त राम धरकटुवा, पत्रकार महासंघ बर्दिया शाखाका सचिव सन्तोष पौडेल लगायतको सहभागीता रहेको थियोे ।

तपाइको मत