पूर्व प्रहरी परिवारलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण
- बुधबार जेठ १९ , २०७८
चुरेकुञ्ज, बर्दिया । बर्दियामा रहेका अवकाश प्राप्त प्रहरी, दिवंगत तथा अशक्त प्रहरीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ । प्रहरीको कल्याणकारी योजना अन्र्तगत पूर्व प्रहरी लगायत सम्वन्धीत परिवारहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएको हो ।
अवकास प्राप्त प्रहरी अमर तथा तिनका अशक्त १ सय २० घर परिवारहरुलाई सर्जिकल मास्क, सेनिटाईजर सावुन लगायतका स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए । बढैयाताल गाउँपालिका अन्र्तगत शितलाबजार, कालिका, जमुनी प्रहरी चौकी मार्फत ९० घर परिवार र राजापुर ईलाका प्रहरी कार्यालय मार्फत ३० घर परिवारलाई सामाग्री वुझाईएको छ ।
हामीले लक्षित परिवारलाई प्रहरी चौकीमै बोलाएर स्वास्थ्य सुरक्षा सामाग्री दिएका छौं । उनले भने विश्वब्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट बच्ने उपाय, रोकथामका लागि सुरक्षा मापदण्ड लगायतमा सुसुचितपार्दै आवस्यक निर्देशन समेत दिएका छौं । पूर्वप्रहरी लगायत उनका परिवारको समस्या प्रति गम्भीर बन्दै प्रहरी उपरिक्षक ईश्वर कार्कीले स्वास्थ्य सुरक्षाका सामाग्री वितरण गरेका हुन् । स्वास्थ्य सामाग्री पाएका पूर्व प्रहरी लगायत तिनका परिवारहरु हर्षित बनेका छन् । बर्दियाका ८ वटै पालिकामा छरिएर बसोवासगर्दै आएका पूर्व प्रहरी परिवारलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको जनाईएको छ ।
स्वास्थ्य सामाग्री ग्रहणगर्दै पूर्व प्रहरी तस्विर ः अन्नपूर्ण