fbpx

कोरोना परीक्षणको परिणाम ४८ प्रतिशतमा देखियो संक्रमण

कोरोना परीक्षणको परिणाम ४८ प्रतिशतमा देखियो संक्रमण

हरिवंश पाण्डे, बर्दिया । ठाकुराबाबा नगरपालिकाको सहयोगमा वडा ९ मा रहेको कोभिड प्राथमिक उपचार केन्द्रमा गरिएको एन्टीजिनबाट कोभिड परीक्षणमा परीक्षणको झण्डै ४८ प्रतिशतलाई कोरोना पोजिटिभ देखेको छ ।

ठाकुरबाबा नगरपालिकाको नगरै भरिका कोरोना सग मिल्दोजुल्दो लक्षण देखिएका र कन्ट्रयाक ट्रेसिङमा परेका नागरिकहरुको परीक्षण गर्ने लक्ष्य सहित ९ ओटै वडामा एन्टीजिन किटबाट परीक्षण गर्ने कार्यक्रम अनुसार पहिलो पटक ९ नम्बर वार्ड ठाकुरद्वाराबाट सुरुवात गरिएको नगर प्रमुख घन नारायण श्रेष्ठले बताउनु भयो ।

ठाकुरबाबा नगरपालिका वार्ड नं. ८ को ५ जना र ९ को २७ जना गरी जम्मा ३२ जनाको कोभिड परीक्षण गरिएकोमा १५ जनाको रिपोर्ट पोजिटिभ आएको छ । कोभिड पोजिटिभ रिपोर्ट आएका संक्रमितलाई स्वास्थ्य परामर्श र सामाग्री प्रदान गर्दै घरैमै सुरक्षित तरिकाले बस्न र स्वास्थ्यमा केही समस्या भए तुरुन्त स्वास्थ्यकर्मी सग सम्पर्क गरी अस्पातल आउन ९ नं. वार्ड अध्यक्ष राधा चौधरीले अनुरोध गर्नु भयो ।
आजको ग्रामीण स्तरमै गरेको कोभिड परीक्षणले जनतामा केही सहजता भएको छ भने परीक्षणको नतिजा दर विश्लेषण गर्दा गाउँघरमा अधिक मात्रामा कोरोना फैलिएको अनुमान गर्न सकिन्छ ।

तपाइको मत