fbpx

युनिकद्वारा कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

युनिकद्वारा कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

केशव कोइराला, राजापुर । युनिक नेपाल बर्दियाले बर्दियाका २ कोभिड अस्पताल लाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । युनिक नेपाल ले आफ्नो स्थापना दिवसको अबसर पारेर कोभिड अस्पताल गेरुवा र राजापुरलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

युनिक नेपालले २ लाख ७६ हजार बराबरको १ –१ थान अक्सिजन कन्सन्टेटर र ३–३ थान अक्सिजन सिलिन्डर सहयोग गरेको युनिक नेपालका सचीव महादेव रद्गैयाले बताउनु भयो । कोरोना महामारी बाट जोगिन सहयोग पुग्ने उदेश्यले युनिकले यस अघि विभिन्न खाले स्वास्थ सामग्री सहयोग समेत गरिसकेको छ ।

तपाइको मत