fbpx

बर्दिया अक्सिजन बैंकमा नयाँ सिलिण्डर थपियो

बर्दिया अक्सिजन बैंकमा नयाँ सिलिण्डर थपियो

चुरेकुञ्ज, गुलरिया । कोरोना महामारीका बेला अक्सिजन ग्याँस अभाव हुन नदिन बर्दियामा विभिन्न संघसंस्थाका युवाहरुले स्थापना गरेको अक्सिजन बैंकमा ग्याँस सिलिण्डर थपिएको छ । १६ वटा सिलिण्डरबाट शुरु गरेको बैंकले सिलिण्डरको संख्या ४१ पुर्याएको छ ।

जिल्लाका ब्यवसायीले थन्काएर राखेका सिलिण्डरहरु महामारीका बेला संकलनगर्दै अक्सिजन अभावका बेला बर्दियाका पालिकाहरुको अस्थायी कोभिड अस्पताल र बर्दिया अस्पताललाई ब्याकअप हुनेगरी बैंक संचालनमा ल्याईएको बर्दिया अक्सिजन बैंकका संयोजक भेषराज पौडेलले बताए । हामीले पहिलो पटक बैंककै नाममा १० ओटा र दोस्रो पटक १५ वटा गरी २५ वटा सिलिण्डर खरिद गरेका छौं । ब्यवसायीका १६ वटा सिलिण्डरहरु फिर्ता गर्छौ । सबै गरी अहिले ४१ वटा सिलिण्डर बैंकमा मौज्दात छ ।

बैंक स्थापनादेखि हालसम्म बर्दियाका सबैपालिकाहरुमा २ सय २ वटा ४८ किलो ग्याँस सहितका भरी सिलिण्डर रोटेशन भैसकेको उनले जानकारी दिए । हामीसँग स्टकमा अक्सिजन छ । अभाव हुन दिदैनौ । उनले भने देश विदेशमा बस्ने नेपालीहरुले बैंकलाई सहयोग गरी रहनु भएको छ । हाल सम्म करिव ३० लाख रुपैया बैंकमा संकलन भएको छ । सहयोग आउने क्रम जारी छ । सबै सहयोगी मनहरुलाई मेरो हृदयदेखि नै धन्यवाद छ संयोजक पौडेलले भने ।

तपाइको मत