fbpx

उद्योग बाणिज्य संघ गुलरियाद्वारा स्वास्थ्य सामाग्री वितरण

उद्योग बाणिज्य संघ गुलरियाद्वारा स्वास्थ्य सामाग्री वितरण

चुरेकुञ्ज, गुलरिया । उद्योग बाणिज्य संघ बर्दिया गुलरियाले कोभिड महामारीका बेला अग्रपंक्तिमा खटिने, शसस्त्र, जनपद, ट्राफिक प्रहरी र नगरका पत्रकारहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । संघले सामाजिक उत्तरदायित्व अन्र्तगत स्वास्थ्य विपदका बेला अग्रपंक्तिमा कामगर्नेहरुलाई कोभिड महामारीबाट जोगाउन मास्क, सेनिटाईजर, सावुन लगायतका सामाग्री वितरण गरेको छ ।

संघले जनपद प्रहरीलाई १०० वंडल मास्क, ५ जर्किन सेनिटाईजर, १७५ पीस सावुन र २५ पेटी पानी उपलब्ध गराएको उद्योग बाणिज्य संघ बर्दिया गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताए । त्यस्तै शसस्त्र प्रहरीलाई ५० वंडल मास्क, ३ जर्किन सेनिटाईजर, १०० पीस सावुन र ६५ पेटी पानी उपलब्ध गराएको हो । ट्राफिक प्रहरीलाई १० वंडल मास्क, १ जर्किन सेनिटाईजर, २० पीस सावुन, १० पेटी पानी र २० वटा फेसशिल्ड उपलब्ध गराईएको हो ।

गुलरिया नगरपालिका भित्रका सक्रिय पत्रकारहरुलाई मास्क, सेनिटाईजर, लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष पाण्डेको भनाई छ । संघले आवस्यक परे विपदमा जुनसुकै वेला सहयोग गर्ने बताएका छन् ।

तपाइको मत