fbpx

बर्दिया अस्पताललाई गुलरिया नगरपालिकाको सहयोग

बर्दिया अस्पताललाई गुलरिया नगरपालिकाको सहयोग

यादव आचार्य, गुलरिया । जिल्लाकै पुरानो अस्पताललाई गुलरिया नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको छ । पूर्वाधार तथा जनशक्ति अभाव खेपिरहेको बर्दिया अस्पताललाई नगरसभाबाट निर्णयगर्दै गुलरिया नगरपालिकाले २४ लाख रुपैया आर्थिक सहयोग उपलब्ध गराएको छ ।

बर्दिया जिल्लामा ५ दशक देखि थोरै जनशक्ति र पूर्वाधारको माध्यमबाट सेवा दिँदै आईरहेको बर्दिया अस्पताललाई गुलरिया नगरपालिकाले कोभिड महामारीका बेला सहयोग पुर्याउन आर्थिक सहयोग उपलब्ध गराएको गुलरिया नगरपालिका बर्दियाका नगरप्रमुख मुक्तिनाथ यादवले बताए । नगर लगायत जिल्लाकै विरामीहरुलाई उपचारमा सहज होस् भन्ने उद्देश्य हो । उनले भने अस्पताल गुलरिया नगरपालिका क्षेत्रमै रहेका कारणले पनि हामीले बेला बेलामा सहयोग गर्नु आवस्यक छ ।

प्रसुती, वहिरंग, अन्तरंग, एआरटी लगायतका सेवा दिदै आईरहेको अस्पतालले पूर्वाधार विना नै कोभिड उपचारमा सफलता प्राप्त गरेपनि समस्यै समस्याका विच सेवा दिनु परिरहेको छ । अस्पताल प्रर्बद्धनमा सहयोग पुर्याउने उद्देश्यले गुलरिया नगरपालिकाको नगरसभाले निर्णयगर्दै बर्दिया अस्पताललाई २४ लाख रुपैया सहयोग उपलब्ध गराउन पाएको प्रति गुलरिया नगरपालिका खुशी छ । नगरपालिकाले गुलरिया स्थित कभर्ड हलमा १ सय वेडको साधारण र साविक महिला विकास कार्यालयको भवनमा २५ वेडको अक्सिजन सहितको कोभिड आईसोलेसन सेन्टर समेत संचालन गरेको छ ।

गुलरिया नगरपालिकाले बर्दिया अस्पताललाई प्रदान गरेको सहयोग मार्फत सम्पूर्ण जिल्लावासीहरु लाभान्वित हुनेमा नगरपालिका आशावादी छ । बर्दियामा कोरोना संक्रमितहरुको संख्या र मृत्यु हुनेहरुको संख्या कायमै छ । गुलरिया नगरपालिकाले एन्टीजीन र पीसीआर परिक्षणको दायरा बढाएको नगरप्रमुख यादवले प्रष्ट्याए । नगरमा ज्यान गुमाउनेहरु प्रति दुःख प्रकटगर्दै कोरोना महामारीको जोखिमलाई हेरेर जिल्ला तथा नगरहरुमा गरिने व्रतवन्ध, विवाह, भोजभतेर लगयतका कार्यहरुमा भिडभाड नगर्न उनले अनुरोध गरे ।

बर्दिया अस्पतालको पूर्वाधार निर्माणमा यसअघि जिल्लाका ८ वटै पालिकाहरुले सहयोग उपलब्ध गराईसकेका छन् । पछिल्लो समय गुलरिया नगरपालिकाले दिएको एकल सहयोग पूर्वाधार प्रर्बद्धनमा उपयोगी हुने बर्दिया अस्पतालका प्रमुख डाक्टर सुभाष पाण्डेयले बताए । तर नगरपालिकाले समयमै सुनिश्चितता पत्र दिनुपर्छ आर्थिक बर्ष सकिनै लागेको छ । केही दिन अघि संघीय सरकारले बर्दिया अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्नका लागि साढे १ करोड रुपैया निकासा गरेको छ । गुलरिया नगरपालिकाले उपलब्ध गराएको सहयोग अक्सिजन प्लान्टको पाईपलाईन विस्तारमा उपयुक्त हुन्छ । प्लान्ट जडानका लागि अस्पतालले इ–विडिग समेत खोलीसकेको उनले जानकारी दिए ।

…अन्नपूर्ण पोस्ट्बाट ।

तपाइको मत