fbpx

चर्चा बटुल्दै बलिउड अभिनेत्री काजल

चर्चा बटुल्दै बलिउड अभिनेत्री काजल

मुम्बई । काजल अग्रवाल भारतीय चलचित्र उद्योग (बलिउड) की चर्चित अभिनेत्री हुन् । कुशल अभिनयका साथै आफ्नो सुन्दरताले सबैलाई मोहित पार्दै आइरहेकी काजल अहिले सामाजिक सञ्जालमा सेयर गरेको तस्बिरका कारण चर्चा बटुलिरहेकी छन् ।

कोरोना महामारी र लकडाउनका कारण घरमै बसिरहेकी काजल सामाजिक सञ्जालमा भने सक्रिय रहँदै आएकी छन् । घरभित्रै रहँदाका विभिन्न तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै आइरहेकी काजलले पछिल्लो समय सूर्यास्त नियाल्दै गरेको तस्बिर भने भाइरल बनेको छ । धेरैले निकै राम्रो तस्बिर सेयर गरेको भन्दै काजलको तारिफ पनि गरेका छन् ।

इन्टाग्राममा सेयर गरेको तस्बिरमा काजल घरको कौसीमा बसेर सूर्यास्तको सुन्दर दृश्य नियालिरहेको देखिएकी छन् । सुन्दर सूर्यास्तरको दृश्यसँगै उनको पहिरनले पनि चर्चा बटुलेको छ । उनले नीलो रङको कपडा लगाएर सूर्यास्तको मज्जा लिएकी थिइन् । लकडाउनको समयमा उनले आफूलाई घरभित्र पनि निकै व्यस्त राख्दै आइरहेकी छन् । खानाका विभिन्न परिकार बनाउनेदेखि सिलाइबुनाइका काममा पनि उक्तिकै सक्रिय रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।

काजलले पति गौतम किचलुसँगको तस्बिरलाई पनि बेलाबेलामा सेयर गर्दै आएकी छन्। उनले हालै पतिसँगको एक तस्बिर सेयर गर्दै आफ्नो ‘सपोट सिस्टम’ भनेर क्याप्सन लेखेकी थिइन् । गौतम र काजलको विवाह गत वर्षको अक्टोबरमा भएको थियो। उनको विवाह हुँदा पनि भारतमा कोरोना भाइरसको महामारी नै थियो । विवाहलगत्तै उनीहरूले मालदिभ्समा हनिमुन मनाएका थिए ।

तपाइको मत