दोस्रो चरणको कोभिड परिक्षणमा वडाको सहयोग
- आइतबार जेठ १६ , २०७८
चुरेकुञ्ज, गुलरिया । दोस्रो चरणको न्यू भेरियन्टसहितको कोरोना भाईरस (कोभिड–१९) संक्रमण फैलिरहेका बेला नगरपालिका भित्रका नागरिकलाई परिक्षणमा सहयोग पुर्याउन वडा नम्वर ६ ले गुलरिया नगरपालिका स्वास्थ्य शाखालाई सहयोग उपलब्ध गराएको छ । वडा समितिको वैठकले निर्णयगर्दै एन्टीजीन किट तथा पीसीआरका लागि भीटीएम खरिदका लागि ५ लाख रुपैया सहयोग उपलब्ध गराएको हो ।
नगरका स्थानियको कोभिड परिक्षणमा सहजता तुल्याउन वडाको बजेटबाट नगरपालिकालाई सहयोग उपलब्ध गराएको गुलरिया नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष निरज शर्माले बताए । हामीले वडा समितिको वहुमतले निर्णयगर्दै सहयोग रकम नगरसभाको वैठकमा छलफलका लागि दर्ता गराईसकेका छौं शर्माले भने ।