निर्माणाधित ढलको ढिस्कोले पुरिएर बालकको मृत्यु
- शनिबार जेठ १५ , २०७८
दीपकलाल श्रेष्ठ, गुलरिया । सडक बनाउन खनेको ढलको ढिस्कोले पुरिएर एक बालकको मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नं ९ टेपरी गाँउमा बनाउन खनेको नालिको ढिस्को भत्किएर च्यापिँदा १० बर्षीय इसराद अलि नाउको मृत्यु भएको हो ।
बाटो बनाउन खनेको नालिको पानिमा ४ जना बच्चाहरु खेलिरहेको र सोहि क्रममा नालिको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको मथुरा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक खड्ग बहादुर डाँगीले बताए ।
केहि दिन अघि मात्र निर्माण हुन लागेको बाटोको गहिरो नालिमा बच्चाहरु खेल्ने क्रममा ढिस्कोले पुरिएर बालकको मृत्यु भएको गुलरिया नगरपालिका वार्ड नं ९ का वडा अध्यक्ष हरि पासिले बताए ।