गणतन्त्र दिवसको अवसरमा शहिदको घरदैलोमै स्वास्थ्य सेवा
- शनिबार जेठ १५ , २०७८
विष्णु अधिकारी, बारबर्दिया । १४ औ गणतन्त्र दिवसको अवसरमा संघिय गणतन्त्र स्थापनाका लागि बलिदान गर्ने बारबर्दियाका शहिद तथा वेपत्ता परिवारका सदस्यसंग उनीहरुकै घरदैलोमा गई भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ । घरदैलो कार्यक्रममा डाक्टर तथा स्वास्थ्यकर्मीको टिमले वेपत्ता तथा शहिद परिवारको स्वास्थ्य चेकजाँच गर्नुका साथै थप उपचारका लागि बारबर्दिया अस्पतालमा आउन आग्रह गरेका छन् ।

भेटघाटको क्रममा बारबर्दिया नगरपालिकाले बारबर्दियामा रहेका ८१ जना बेपत्ता तथा घाईते परिवारका सदस्यहरुलाई हाईजेनिक फुड तथा कोभिडबाट बच्नका लागि स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य तिलक शर्मा हिमालले कोभिडबाट बच्नका लागि नागरिकहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनु पर्ने बताएका छन् । प्रदेश सदस्य शर्माले देश कोरोनाको कारण थिलथिलो भएका बेला चुनावि नाटक मन्चन गरेर सरकारले संघिय लोकतान्त्रिक गणतन्त्र नै समाप्त पार्ने दिशा तर्फ अघि बढेकाले सबै नागरिक चनाखो हुने बेला आएको कुरामा जोड दिएका थिए ।
गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन पारेर वेपत्ता तथा शहिद परिवारलाई भेट्ने तथा सम्मान गर्ने दिन भएको बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गा बहादुर थारु (कविर) ले बताएका छन् । नगर प्रमुख थारुले गणतन्त्र जनआन्दोलन र जनयुद्धका बलमा स्थापना भएकाले शहिद तथा वेपत्ता परिवारलाई भेट्ने र उनीहरुका पिरमर्का सुन्नका लागि घरदैलो कार्यक्रम गरेको जानकारी दिएका छन् । नगर प्रमुख थारुले शहिदले देखाएको बाटोमा आफु लागी रहेको र जनभावना अनुसार काम गरीरहेको कुरामा जोड दिएका थिए ।
कोभिड संक्रमणका कारणले सबैजना एकैठाउमा भेला गराई कार्यक्रम गर्ने वातावरण नभएकाले सभा समारोह गर्न नसकिएकोले घरदैलो कार्यक्रम गर्नुपरेको नगर उपप्रमुख अन्जु दहितले बताएकी छन् । सोहि अवसरमा आरसी थारु मेमोरियल अस्पतालमा भर्ना भएको कोभिड तथा अन्य विरामीहरुलाई हाईजेनिक फुड तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।