fbpx

सीमा नखुल्दा टाँगा व्यवसाय संकटमा

सीमा नखुल्दा टाँगा व्यवसाय संकटमा

यादव आचार्य, बर्दिया । पुर्खौदेखि नेपाल भारत विच गुलरिया–मूर्तिहा सडक खण्डमा टाँगा ब्यवसायगर्दै आएका सदरमुकाम गुलरियाका टाँगा ब्यवसायीहरु कोरोना भाईरस (कोभिड–१९) संक्रमणको जोखिम नियन्त्रणका लागि सीमा सिल भएसँगै वेरोजगार भएका छन् । दैनिक टाँगा चलाएर गुजारा गर्ने नेपाली ब्यवसायीहरुको टाँगा ब्यवसाय पूर्णरुपमा बन्दभएपछि उनीहरु साँझ विहानको छाक टार्न समेत असमर्थ छन् ।

घोंडाको सहाराले चलाईने परम्परागत सवारी साधन टाँगा संचालन गर्न अनुमति छैन गुलरिया नगरपालिका वडा नम्वर ७ का रहिस अहमदले भने । चैत्र ११ गते लकडाउन भएदेखि नै हाम्रो आयआर्जन ठप्प छ । आम्दानीको श्रोत बन्द हुँदा घोडा समेत पाल्न नसक्ने अवस्थामा पुगेका छौं । परिवार लगायत बालवच्चाको अवस्थापनि दयनिय बनेको उनले बताए । परिवारको साँझ विहानको छाक टार्न पनि मुस्किल परेको छ । लकडाउनका बेला त झन कष्ट ब्यहोर्नु पर्यो । कतिपय साथीहरुले सडकमा फालिएका ईटा, प्लाष्टिक, फलाम, दाउरा लगायतका कवाडी सामान वटुलेर जिविका चलाए । पिडाडायी अवस्था सुनाउँदै अहमदले थपे सरकारले हामीलाई टाँगा चलाउने अनुमति तत्काल दिनु पर्यो ।

गुलरियामा टाँगा ब्यवसाय गर्ने धेरै ब्यवसायीहरु छन् । सबैको अवस्था दयनिय छ । अर्का ब्यवसायी ताहिर मनिहारले भने सबैतिर चहल पहल भैसक्यो । सीमामा काम गर्नेहरुलाई मात्र किन अनुमति रोकिएको छ उनले प्रश्न गरे । समस्या समाधानका लागि गुलरिया नगरपालिका वडा नम्वर ६ कार्यालय मार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र पनि दिईसकेका छौं । तशर्थ हामी विपन्न वर्गको समस्या समयमै समाधान गरियोस् भन्ने हाम्रो माग हो । हाम्रो सुनुवाई कसैले गरेका छैनन् ।

गुलरिया देखि भारतको सीमावर्ती मूर्तिहा सम्म संचालनका रहेको सवारी साधन टाँगा चालकहरुले आफूहरु बेरोजगार भएर परिवारको लालन पालन गर्न कठिन भएकाले ब्यवसाय संचालनको अनुमतिका लागि पहल गरिदिन वडा कार्यालयमा ज्ञापन पत्र वुझाएको वडा नम्वर ६ का वडाध्यक्ष निरज शर्माले बताए । नगरमा ब्यवसायी रुपमा दर्ता गरेका ३३ वटा टाँगाहरु छन् । लामो समय देखि सीमा शिल भएका कारणले उनीहरु वेरोजगार हुँदा समस्यामा परेका हुन् ।

लकडाउनका वेला हामीले श्रमीकका रुपमा खाद्यान्नहरु उपलब्ध गरायौं । लकडाउन खुलिसक्दा पनि उनीहरुको अवस्था उस्तै छ । शर्माले थपे कसरी हुन्छ उनीहरुको समस्या समाधान गर्न सवैले पहल गर्नुपर्छ । हामीले स्थानिय प्रशासनलाई टाँगा ब्यवसायीले राखेको समस्या जानकारी गराई सकेका छौं । सीमा नाका खुल्ने कुनै संकेत छैन । कोभिड संक्रमणको थप जटिलताहरु आउँदैछन् । नयाँ नयाँ भाईरसहरु भेटिएकाले पनि सीमानाको सील खोलिने अनिश्चितता छ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने । नेपाल भित्र टाँगाहरु परिवहनका रुपमा चलाउन प्रतिवन्ध छैन । जति चलाएपनि हुन्छ । सीमाना खुल्ने अनिश्चित भएकाले नेपालमै सवारीका रुपमा टाँगा ब्यवसाय बढाउन प्रजिअ अधिकारीले सुझ्याए ।

तपाइको मत