fbpx

लागुऔषध चरेससहित बर्दियामा तिन जना पक्राउ

लागुऔषध चरेससहित बर्दियामा तिन जना पक्राउ

दीपकलाल श्रेष्ठ, बढैयाताल । बर्दियाको बढैयाताल गाउँपालिका अन्र्तगत भोलागौडिमा प्रहरीले चरेस सहित ३ जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलीले बढैयाताल गाँउपालिका बडा नं ३ स्थित भोलागौडिमा रहेको मानझुण्डी सामुदायिक वन नजिकबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले बरामद गरेको चरेश ।

प्रहरीले तिनै जना शंकास्पद अवस्थामा कुरा गरिरहेको देखेपछि सोधपुछ गरी खान तलासी गर्दा उनीहरुको साधमा रहेको कालो रंगको झोलामा लुकाई छिपाई राखेका करिब ६ सय ९४ ग्राम लागु औषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।

पक्राउ पर्नेहरुमा बाँकेको खजुरा गाँउपालिका बडा नं ६ बस्ने २६ बर्षिय कमल विश्वकर्मा, ३२ बर्षिय कालि बहादुर चदारा र बर्दिया बढैयाताल गाँउपालिका बडा नं ८ शितलाबजार निवासी ४८ बर्षिय बल बहादुर कामी रहेको उपरीक्षक कार्कीले जानकारी दिए ।
नियन्त्रणमा लिईएका तिनै जना माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको मत