युनिसेफद्वारा बर्दिया अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
- शनिबार जेठ १५ , २०७८
दीपकलाल श्रेष्ठ, बर्दिया । कोभिड–१९ महामारीको अवस्थामा युनिसेफले बर्दिया अस्पतालको कोभिड–१९ आइसोलेसनका लागि चाहिने स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराएको छ ।
युनिसेफको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी बर्दिया द्वारा संचालित कोभिड–१९ पुर्व तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत बर्दिया जिल्ला अस्पताललाई अत्यावश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको नेपाल रेडक्रस सोसाइटी बर्दियाका सभापति कृष्ण गौतमले बताए ।
बर्दिया अस्पतालमा रहेको कोभिड–१९ आइसोलेसनका लागि आवश्यक पर्ने माक्स, सेनिटाइजर, तातो चिसो पानी दिने इलेक्ट्रिक मेसिन, कन्ट्याक्ट लेस हेण्डवास लगायत आइसोलेसन सरसफाईका लागि चाहिने अत्यावस्यक सामाग्री सहयोग स्वरुप उपलब्ध गराएको गौतमले जानकारी दिए ।
आइसोलेसन संचालनका लागि चाहिने आवस्यक थप स्वास्थ्य सामग्री सहयोगगर्दै जाने उनको भनाई छ । जिल्ला अस्पताल बर्दियामा रहेको कोभिड–१९ आईसोलेसनलाई चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेकोमा युनिसेफ र नेपाल रेडक्रस सोसाइटी बर्दिया धन्यवादको पात्र रहेको जिल्ला अस्पताल बर्दियाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभाष पाण्डेयले बताए । सहयोग गरिएको सामाग्री हरुमा १ हजार लिटर पानी राख्ने ट्याङक लगायत सरसफाई सामाग्री समेत रहेका थिए ।