गुलरिया नगरपालिका र अस्पताललाई स्वास्थ्य सामाग्री
- शुक्रबार जेठ ७ , २०७८
चुरेकुञ्ज, बर्दिया । गुलरिया नगरपालिका र बर्दिया अस्पताललाई पोलिक्लिनिकले स्वास्थ्य सामाग्री सहयोग उपलब्ध गराएको छ । अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सुरक्षित गर्न गुलरिया नगरपालिका वडा नम्वर ११ गणेशपुरमा अवस्थित सचेतना पोलिक्लिनिक प्रालिले मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
बर्दिया अस्पताललाई १५ सय थान मास्क, १५ लिटर सेनिटाईजर र डेक्जामेथासन ईन्जेक्सन अस्पताल प्रमुख डाक्टर सुभाष पाण्डेय र ब्यवस्थापक बसन्त खनाललाई स्वास्थ्य सामाग्री हस्तान्तर गरिएको पोलिक्लिनिकका प्रबन्धक रुपेन्द्र सोनकरले जानकारी दिए । त्यस्तै गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव र स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेलाई २० पाकेट मास्क र १० लिटर सेनिटाईजर हस्तान्तरण गरेको सोनकरले बताए ।