fbpx

कोभिडका बिरामीलाई अटो एम्बुलेन्स सेवा

कोभिडका बिरामीलाई अटो एम्बुलेन्स सेवा


भिमा कंडेल, ठाकुरबाबा । कोरोना संक्रमित लगायत अन्य बिरामीको सेवा सहज र छरितो बनाउन ठाकुरबाबा नगरपालिकाले विहिबारदेखि अटो एम्बुलेन्स सेवा सुरु गरेको छ । गाउँमा विरामीको संख्या दिनहुँ बढेपछि अस्पतालसम्म पु¥याउन सहज बनाउँदै ठाकुरबाबा नगरपालिका वडा नम्बर २ मा कर्मला भेलेजले अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।

अटोलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्न सुरु भएपछि बिरामीलाई सहज हुने विश्वास लिईएको छ । ठाकुरबाबा नगरपालिका भित्र कोरोना संक्रमितलाई अस्पताल पु¥याउने प्रयोजनका लागि अटो एम्बुलेन्स सेवा सुचारु गरिएको अटो सञ्चालक जालुराम थारुले बताउनु भयो ।

बिरामीलाई कठिनाई परेको समयमा तत्काल अस्पतालसम्म जानका लागि सम्पर्क नम्बर ९८६८९५०९०१ र ९८१२५३०४९७ मा सम्पर्क गर्न समेत आग्रह गर्नु भएको छ । युवा समाजसेवी आशिससिह घर्तीको संयोजकत्वमा स्वर्गिय युद्धविर सिंहको सम्झनामा जय मेडिकल हलको सहयोगमा डिउटी खटिएका प्रहरीलाई पिउने पानी, ग्लोब्स र मास्क वितरण गरिएको छ ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर २ मा रहेको अस्थायी कोभिड अस्पताललाई ७ कार्टुन पानी, इलाका प्रहरी कार्यलय भुरिगाउँमा डिउटीमा खटिएका प्रहरीलाई ३ पेटि पानी, मास्क र ग्लोब्स वितरण गरिएको युवा समाजसेवी आशिषसिंह घर्तिले जानकारी दिनुभयो ।

तपाइको मत