fbpx

नगरपालिका र प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

नगरपालिका र प्रहरीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

मुरली गोडिया, बर्दिया । बिश्वब्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोराना भाइरस कोभीड १९ को माहामारीबाट जोगिन बर्दियामा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । माइती नेपाल बर्दियाले जिल्ला प्रहरी कार्यालय बर्दिया र गुलरिया नगरपालिकालाई मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।

माइती नेपाल बर्दियाले सदरमुकाम गुलरिया नगरपालीकालाई स्वास्थ्य सामग्री अन्तर्गत सर्जिकल मास्क ७ सय थान, आधा लिटरको सेनिटाइजर १४ थान, फेसशिल्ड ६० थान तथा ग्लोब्स समेत उपलब्ध गराएको छ । सामाग्रीहरु गुलरिया नगरपालिकाकी नगर उपप्रमुख शुशिला गीरीलाई हस्तान्तरण गरिएको थियो ।

यसैबीच कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागी अग्रपंन्तिमा खटिने सुरक्षाकर्मीहरुका लागी मास्क ३ सय थान, आधा लिटरको सेनिटाइजर ६ थान, फेसशिल्ड ४० थान गरि हातमा लगाउने ग्लोब्स पनि उपलब्ध गराइएको छ । माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालका अनुसार जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रमुख प्रहरी उपरिक्षक इश्वर कार्कीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

कोरोना भाइरसको रोकाथाम तथा नियन्त्रण गर्न प्राप्त स्वास्थ्य समाग्रीले सहयोग पुग्ने भन्दै माइती नेपाल बर्दियालाई गुलरिया नगरपालिकाकी नगर उपप्रमुख शुशिला गीरी र जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी उपरिक्षक इश्वर कार्कीले माइती नेपाल बर्दियालाई धन्यवाद दिनु भएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले बताउनु भयो ।

तपाइको मत