fbpx

अक्सिजन सिलिण्डर संकलनगर्दै बर्दिया प्रहरी

अक्सिजन सिलिण्डर संकलनगर्दै बर्दिया प्रहरी

दीपकलाल श्रेष्ठ, बर्दिया । बर्दिया प्रहरीले विभिन्न उद्योग र घरहरुमा होल्ड गरी राखेका २४ थान अक्सिजन सिलिण्डर संकलन गरि बर्दियाका विभिन्न अस्थायी कोभिड अस्पतालहरुलाई बुझाएको छ ।

कोभिड महामारीको दोस्रो लहरका क्रममा अक्सिजन र सिलिण्डरको अभाव भइरहेका बेला प्रहरीले अक्सिजन सिलिन्डर संकलन गर्ने अभियान अन्तर्गत सिलिन्डर संकलन गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए । यो अभियान जारी नै छ ।

संकलन गरिएका अक्सिजन सिलिन्डरहरु अस्थाई कोभिड अस्पतालहरु माछागड बारबर्दिया, सानोश्री, ठाकुरबाबा र राजापुर नगरपालिका अन्र्तगतका स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका छौ ।

तपाइको मत