ठाकुरबाबा नगरपालिकामा पानी वैंक स्थापना
- बुधबार बैशाख २९ , २०७८
भिमा कंडेल, ठाकुरबाबा । बढ्दै गएको कोरोना भाइरस कोभिड–१९ को महामारीमा अस्पतालहरुमा पानीको अभाव हुन नदिन पानी बैक स्थापना गरिएको छ । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ मा रहेको २० शैयाको अस्थायी कोभिड अस्पतालमा माता तिर्थ औंसी, आमाको मुख हेर्ने दिनको अवसर पारेर युवा समाजसेवी आशिस सिह घर्तीको संयोजकत्वमा पानी बैक स्थापना गरिएको छ ।
वडा नम्बर २ मा स्थापना भएको पानी बैकले अस्पतालमा भएका कोभिड बिरामीलाई पानीको अभाव नहोस भन्ने उद्देश्यले कर्मला निवासी घर्तीे परिवारले अस्थायी कोभिड अस्पताल रानीपुरमा पानी बैक स्थापना गरिएको हो । रानीपुरमा पानी बैंक स्थापन गरे पछि आपतकालीन अवस्थामा पानीको माग भएको बेलामा पानी उपलब्ध गराउदै जाने पानी बैंकका संयोजक आशिससिह घर्तीले बताउनु भयो ।
आफैले पानी किनेर खानुपर्दा पैसा धेरै खर्च हुन्थियो पानी बैक स्थापना भएपछि पानी किन्ने पैसाको बचत भएको एक कोभिड विरामीले बताउनुभयो । कौसिल कुमार घर्ती, रमेश कुमार घर्ती, धर्मराज घर्ती, भुमा पुन मगर, लब कुमार घर्ती, पोषणराज घर्ती, छवी कुमार घर्ती, जितेन्द्र घर्ती, सविता घर्ती, कैलास थारु, र सन्तराम थारुले आज झण्डै ११ कार्टुन पानी अस्थायी कोभिड अस्पतालमा उपलब्ध गराउनु भएको छ । कोभिडको असर रहुन्जेलसम्म पानी उपलब्ध गराउने घर्तीले बताउनुभयो । शुद्ध सफा पिउने पानी पाएपछि सहयोगका लागि कोभिडका विरामीले घर्ती परिवारलाई धन्यवाद दिएका छन ।