मंगलादेवी आमाको नाममा अक्षयकोष स्थापना
- सोमबार बैशाख २७ , २०७८
चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिका वडा नम्वर ६ निवासी समाजसेवी मंगलादेवी श्रेष्ठको नाममा अक्षयकोष स्थापना गरिएको छ । श्रेष्ठका छोरावुहारी एवम् परिवारको पहलमा कोष स्थापना गरिएको हो । समाजसेवामा रहेका महिला स्वयंसेविकाहरुको हितमा प्रयोग हुनेगरी अक्षयकोष स्थापना गरिएको श्रेष्ठका छोरा अंगद श्रेष्ठले बताए ।
अक्षयकोषका सम्बन्धमा निकालिएको प्रेस विज्ञप्ती ।
हाम्रो ममतामयी आमा आज बैशाख २५ गते ७० बर्ष पूरा गरि ७१ बर्षमा प्रवेश गर्नु भएकोमा जन्म दिनको हार्दिक शुभकामना सहित सुस्वास्थ्य दिर्घायुको लागि दयालु परमपिता परमात्मा शीत प्रार्थना गर्दछौं ।
हाम्रा छोरीहरू सुम्निमा श्रेष्ठ, अस्मिता श्रेष्ठ र अंकिता श्रेष्ठको शुभ बिबाह लकडाउन र कोरोनाको कहर बिच भरखर सम्पन्न हुन पुग्यो । यश विषम परिस्थितिमा हाम्रा मान्यजन, आफन्ती, आमा, हामी छोरा, बुहारी, छोरा, छोरीहरू को साथीहरू समेतलाई चाहेर पनि उपस्थित हुन र गराउन सकेनौं, ज्यादै दुःखी छौं। ज्यादै दुःख गरेर हामीलाई हुर्काएको हाम्रो ममतामयी आमाले यश खुशिलाई आफ्नै मुखारबिन्दुबाट ब्यक्त गर्न नसक्ने गरि रोगका कारण थलिएर, बस्नु भएकोछ ।
ममतामयी करूणाकी खानी हाम्रो आमाको अब्यक्त बिचारलाई हामीले जिवितै राख्ने गरि सानो प्रयास स्वरूप बिबाह खर्चबाट बचत गरि वुवा स्व. बिष्णुकुमार श्रेष्ठ र आमा मंगला देवी श्रेष्ठको नाममा रू. १,५०,००० अक्षेरूपी एकलाख पचासहजार मंगलमबिष्णु अक्षयकोषको स्थापना गरि प्रत्येक बर्ष आमाको जन्म दिन बैशाख २५ गते उक्त कोषको रकम बाट प्राप्त ब्याज र अन्य रकम थप गरि आमाले लामो समय सम्म गर्दै आउनु भएको महिला स्वास्थ्य स्वयं सेविका सेवा र सामाजिक अभियन्ताको रूपमा मानव अधिकारका लागि एकल महिला समूह बर्दियाको संस्थापक अध्यक्ष भई पुर्याउनु भएको योगदानको कदर गर्दै महिला स्वास्थ्य स्वयं सेविका जो एकल महिलाको रूपमा हुनुहुन्छ उहाँका सन्तानहरूको अध्यनकालागि खर्च गरिने ब्यहोरा घोषणा गर्दछौं ।
हाल एकल महिला जो स्वास्थ्य स्वयं सेविका हुनुहुन्छ उहाँहरूलाई समेटी अभियान संचालन गरिनेछ । रकम बृध्दि पश्च्यात अभियानलाई अझ व्यापक बनाउन सकिनेछ। यश अभियान अर्न्तगत छात्रबृती बितरणकालागि बर्दिया जिल्ला स्थित पत्रकार महासंघ, जिल्ला स्वास्थ्य कार्यालय, गैरसरकारी संस्था महासंघ, मानव अधिकारका लागि एकल महिला समूह र महिला स्वास्थ्य स्वयं सेविकाहरूको संजालको शिफारिसमा छात्रबृति हरेक बर्ष आजैका दिन प्रदान गरिनेछ। तीन वटै छोरीहरूको नवदाम्पत्य जीवनको लागि शुभाशिष एवं ज्वाइँसाहेवहरूलाई उच्च आदर र सम्मानका साथ उत्तरोत्तर प्रगतिको शुभ कामना ब्यक्त गर्दछौं।
हरेक खुशिहरूलाई थाति राखेर समाजप्रति समर्पित महिला स्वास्थ्य स्वयं सेविका एवं एकल महिला सम्पुर्ण आमाहरू प्रति उच्च सम्मानका साथ यो छात्रबृति कोष समर्पण गर्दछौं। हाम्रो ममतामयी आमा हिड्नु भएको बाटोमा हिड्ने हरेक आमाहरू प्रति कृतज्ञछौं । यो अभियान लाई सबैले हाम्रो अभियान हो भन्ने ठानेर आत्म साथ गरि सहयोग गर्नु हुनेछ भन्ने आशा लिएकाछौं। पुनः ममतामयी करूणाकी खानी आमा मंगला देबी श्रेष्ठको जन्म दिनको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछौं।
धन्यवाद्
छोराहरू, अंगद श्रेष्ठ, मेघमान श्रेष्ठ, शुभमान श्रेष्ठ र सम्पुर्ण श्रेष्ठ परिवार
गुलरिया न.पा.वडा नं. ६ नारायणगोपाल चौक, बर्दिया