fbpx

बर्दियाका युवा उद्यमिद्वारा अक्सिजन बैंकको शुभारम्भ

बर्दियाका युवा उद्यमिद्वारा अक्सिजन बैंकको शुभारम्भ

मुरली गोडिया, गुलरिया । बर्दिया जिल्लामा कोरोना संक्रमणको अवस्था झनझन झांगीदै गएको छ । चौतर्फी अभाव रहेको अक्सिजन ग्याँस बर्दियामा पनि समास्या देखिएको छ । मेरो लागी अक्सिजनमा मेरो योगदान भन्दै बर्दियामा अक्सिजन ग्याँस बैंक शुभारम्भ गरिएको छ ।

बर्दिया जिल्लामा अक्सिजनको अभाव हुन नदिन तथा अभाव भएका सवैपािलकाका स्वास्थ्य संस्थामा नेपाल सरकारले निर्धारण गरेको मापदण्ड बमोजिम तत्कालै अक्सिजन आपूर्ति गर्न सहजिकरण गर्ने उद्देश्यका बैंक खोलिएको हो । जिल्ला विपद व्यवस्थापन समितिको समन्वय, बर्दियाका उद्योगी, व्यापारी, संघसंस्था, समाजसेवीहरुको सक्रियतामा बर्दिया प्रशासन भित्र अक्सिजन बैंक स्थापना गरिएको बर्दिया अक्सिजन बैंक संचालन समन्वय समिती,बर्दियाको संयोजक भेषराज पौडेलले जानकारी दिए ।

बर्दियामा कोरानोका कारण ज्यान गुमाउनेको संख्या ३९ पुग्दा १५ सय भन्दा बढी संक्रमित पुगेका छन । भारत संगको खुला सिमानाका बाट लुकिछिपी नागरिकहरु आउनु, छिमेकी जिल्लाहरुबाट पनि मानिसहरु प्रवेश हुनु लगायत कारणले संक्रमण बढ्दै गएको छ । समुदाय स्तरमा कोरोना संक्रमण व्यापक रुपमा बढ्नाले उपचारमा समेत चुनौती देखिने खतरा रहेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।

स्थानिय सरकारले संक्रमितहरुको घरघरमै पुगी उनिहरुको स्वास्थ्य अवस्था, खानपीन, औषधी उपचार लगायतका विषयमा ध्यान दिन नसकेको गुनासो गरेका छन । खुला सिमाबाट आवत जावतमा थप कडाई गर्नुपर्ने, संक्रमितको घरमै गई स्वास्थ्य अवस्था बुझ्नु पर्ने लगायत कार्य गर्न अवश्यक रहेको नागरिकको सुझाव छ ।

तपाइको मत