निषेधआज्ञा उल्लंघन गर्नेलाई नियन्त्रण गर्न प्रहरीको सक्रियता
- मंगलबार बैशाख २१ , २०७८
चुरेकुञ्ज, गुलरिया । कोभिड–१९ संकट ब्यवस्थापनि समिति बर्दियाको निर्णयबाट जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ । मंगलबार वेलुकी सम्म १५ सय भन्दा बढीलाई नियन्त्रणमा लिई होल्डगरी सचेत पारेर छाडिएको छ ।
प्रहरीले साईकल ६ सय २०, मोटरसाईकल ५ सय ३, अटोरिक्सा १ सय ४०, चारपांग्रे सवारी साधन १ सय ३० र १ हजार ५३५ जना मानिसलाई नियन्त्रणमा लिई होल्डगर्दै सम्झाएर छाडिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए ।
प्रहरीले सीमा क्षेत्रबाट बजार भित्रिनेहरु उपर निगरानी बढाएको छ । स्वास्थ्य मापदण्ड सहित सामाजिक दुरी, मास्कको प्रयोग लगायतका कुराहरुमा सचेतना बढाएको उपरिक्षक कार्कीले प्रष्ट्याए । हामीले सम्झाएका छौं । पुन उल्लंघन गरेको पाईए थप कडाई गर्छौ उनले भने ।
सिमानामा तस्करी र बजारमा कालावजारी उपर सुस्म अनुसन्धान बढाएको उनले जानकारी दिए । यदि त्यसो गरेको पाईए कानून अनुसार कारवाही गरिने उनको भनाई छ ।