प्रेस युनियनका अध्यक्ष भण्डारीले बाँडे पत्रकारलाई स्वास्थ्य सामाग्री
- मंगलबार बैशाख २१ , २०७८
मुरली गोडिया, बर्दिया । नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष बिनयराज भण्डारीको सहयोगमा बर्दियाका पत्रकारलाई स्वास्थ्य समाग्री प्रदान गरिएको छ ।
अग्रपन्तिमा रहि नागरिकलाई जोखिम मोलेर सुचना प्रवाहमा खट्ने संचारकर्मीको सुरक्षालाई ध्यानमा राख्दै जिल्लाका ३० सकृय पत्रकारहरुलाई मास्क, सेनिटाइजार वितरण गरिएको अध्यक्ष विनयराज भण्डारीले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितीका कोषाध्यक्ष यमनाथ घिमिरेको प्रमुख आतिथ्यतामा वितरण गरिएको स्वास्थ्य समाग्री नेपाल पत्रकार महासंघ बर्दियाको समन्वयमा भएको हो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितीका कोषाध्यक्ष यमनाथ घिमिरे कोभिड महामारीकै कारण देशभरमा ८ जना संचारकर्मीले ज्यान गुमाउनु परेको बताउनु भयो ।
पत्रकार लगायत सम्पुर्ण नागरिकको भौतिक तथा पेशागत सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनु भयो । नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष बिनयराज भण्डारी पत्रकारहरुले विना पारिश्रमिक जनतालाई सुचनाको हक स्थापित गरि समाजसेवा गरेको बताउनु भयो ।
नयाँ भेरियन्ट सहितका कोरोना भाइरसका महामारीबाट जोगीन जिल्लाका ३० जना पत्रकारलाई मास्क, सेनिटाइजर वितरण गरेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्यले सम्पुर्ण पत्रकारहरुलाई आफु सुरक्षित भई सुचना प्रवाह गर्न आग्रह गर्नु भएको छ ।