न्यु भेरियन्ट सहितको कोभिडबारे प्रहरीलाई तालिम
- शनिबार बैशाख १८ , २०७८
चुरेकुञ्ज, गुलरिया । जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी लगायत प्रहरी अधिकारीहरुलाई कोभिड उपचार तथा नियन्त्रण सम्वन्धी प्रशिक्षण दिईएको छ । कोभिडको अग्रपंक्तिमा कामगर्दै आएका सुरक्षाकर्मीलाई बढ्दै गैरहेको कोभिडका बारेमा सचेतपार्न प्रशिक्षण दिईएको हो ।
गुलरिया अस्पताल बर्दियाका डाक्टर नरेश बहादुर श्रेष्ठले उचित समयमा प्रहरीहरुलाई कोभिडबारे सचेतना तालिम प्रदान गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए । प्रहरीलाई सुचुचित पार्न तालिमले सहयोग पुग्ने आशा गरेका छौं ।
बढ्दै गैरहेको नयाँ भेरियन्ट सहितको कोभिड–१९ महामारीका बारेमा श्रब्यदृश्य मार्फत प्रहरीलाई प्रशिक्षण दिईएको शाहीले प्रष्ट्याए । आफू सुरक्षित रहेर नागरिकलाई कसरी सुरक्षा प्रदान गर्ने सन्र्दभमा तालिम केन्द्रित थियो । स्वास्थ्य मापदण्डको पूर्ण पालनागर्दै प्रत्येक प्रहरी कर्मचारीले मास्क, सेनिटाईजर, सावुन पानीले हातधुने लगायत सामाजिक दुरी कायम राख्ने बारेमा सचेत पारिएको छ । जिल्लाका अन्य स्थानियतहहरुका स्वास्थ्यकर्मीहरुले ईलाका अन्र्तगतका कार्यालयहरुमा समेत तालिम दिएका छन् ।