प्रतिबन्ध फुकुवा नगर्न डब्लूएचओको चेतावनी
- शुक्रबार बैशाख १७ , २०७८
जेनेभा, विदेश । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको संक्रमण रोक्न लगाइएको प्रतिबन्ध फुकुवा गरेमा आँधीको रुप लिने भन्दै फुकुवा नगर्न चेतावनी दिएको छ।
यदी अहिले नै प्रतिबन्ध हटाउने हो भने संक्रमणले आँधीको रुप लिने भन्दै यूरोपेली राष्ट्रहरुलाई डब्लूएचओले चेतावनी दिएको हो । यूरोपका लागि डब्लूएचओका प्रमुख हेन्स क्लुगले यस्तो बताएका हुन् ।
क्लुगले प्रतिबन्ध हटाएमा यूरोपमा पनि भारतको जस्तै अवस्था आउनसक्ने भन्दै प्रतिबन्ध कायम राख्न सुझाव दिए । प्रतिबन्ध फुकुवा गर्दा भीडभाड बढ्ने र त्यस्तो अवस्थामा कुनै पनि देशमा कोरोनाको आँधी आउन सक्ने क्लुगले बताए ।
पछिल्लो समय भारतमा कोरोनाको नयाँ लहर तीव्र रुपमा फैलिँदा ठूलो जनधनको क्षति भइसकेको छ । भारतको अवस्थाप्रति अन्य देशहरुले समेत चिन्ता व्यक्त गरेका छन् ।