fbpx

बाँसगढीबाट सुनचाँदी चोरी गर्ने गिरोहलाई पक्रन माग

बाँसगढीबाट सुनचाँदी चोरी गर्ने गिरोहलाई पक्रन माग


चुरेकुञ्ज, गुलरिया । बर्दियाको बाँसगढी नगरपालिका वार्ड नम्वर ३ स्थित लखना चोकमा रहेको झरना सुनचाँदी पसलबाट चैत्र ३० गते भएको चोरीको सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कारवाही गर्न माग गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र वुझाउँदै सुनचाँदी ब्यवसायी संघ बर्दियाले कारवाहीको माग गरेको हो ।
सुनचाँदी ब्यवसायी संघ बर्दियाका सदस्य टेकबहादुर सुनारको पसलबाट २२ लाख २८ हजार बराबरको सुनचाँदी तथा नगद चोरी भएको जिल्ला सुनचाँदी ब्यवसायी संघ बर्दियाका अध्यक्ष हर्के सुनारले बताए । प्रेस विज्ञप्ती मार्फत सुनचाँदी पसलमा भएको चोरीको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको बताईएको छ । जिल्लामा पटक पटक सुनचाँदी चोरीका घटनाले कानूनी राज्यको प्रत्याभुति नभएको सुनारको भनाई छ ।
दोषीलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न जिल्ला प्रशासन कार्यालय बर्दिया तथा प्रहरी प्रशासन समक्ष संघले जोडदार माग गरेको छ । पक्राउ कार्यमा सहयोग गर्न सम्पूर्ण संघ संस्था, नागरिक समाज, बुद्धिजिवि तथा आम जनसमुदायलाई महासंघले अपिल गरेको छ ।

तपाइको मत