fbpx

अस्थायी कोभिड अस्पताललाई जनप्रतिनिधिको सहयोग

अस्थायी कोभिड अस्पताललाई जनप्रतिनिधिको सहयोग

चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिकाले संचालनमा ल्याएको अस्थायी कोभिड अस्पतालमा गुलरिया नगरपालिका ७ नम्वर वडाका सदस्य विनय राजभण्डारीले पिउने पानी सहयोग गरेका छन् । गुलरिया स्थित साविक महिला विकास कार्यालयमा स्थापना गरिएको २८ शैयाको कोभिड अस्पताललार्य २५ पेटी पानी सहयोग उपलब्ध गराएका हुन् ।

जनप्रतिनिधिले ब्यक्तीगत भावनाबाट सहयाोग गरेको स्वच्छ पिउने पानी भर्ना भएका विरामीहरुका लागि उपयोगी हुने गुलरिया नगरपालिकाका स्वास्थ्य प्रमुख सुनिल पाण्डेले बताए । कोभिडको महामारीका समयमा विरामीहरुलाई सहयोग गर्न सबै नागरिकलाई पाण्डेले आग्रह गरेका छन् ।

राजभण्डारी नेपाल प्रेस युनियन तथा नेपाल क्रिकेट संघ बर्दियाका अध्यक्ष हुन् । उनले स्वास्थ्य महामारीका बेला विरामीको लागि हातेमालो गर्ने प्रयास स्वारुप सहयोग गर्न मन लागेको बताए । यस्तो बेलामा सकेको सहयोग गर्न सबै अग्रसर हुनुपर्ने उनले वुझाई छ ।

तपाइको मत