fbpx

कोभिड नियन्त्रण गर्न संस्थाहरुले नगरपालिकासँग सहकार्य गर्ने

कोभिड नियन्त्रण गर्न संस्थाहरुले नगरपालिकासँग सहकार्य गर्ने


चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिका क्षेत्रमा सक्रिय रुपमा सामाजिक कार्यगर्दै आईरहेका गैरसरकारी संस्थाहरुले कोभिड उपचार तथा नियन्त्रणका क्षेत्रमा गुलरिया नगरपालिकासँग सहकार्य गर्ने ऐक्यवद्धता गरेका छन् । नगरपालिकामा उपप्रमुख सुशिला गिरीको अध्यक्षतामा वसेको वैठकबाट निर्णयगर्दै कोभिड नियन्त्रणमा गैरसरकारी संस्थाहरुले सहयोग गर्ने प्रतिवद्धता गरेका हुन् ।

गुलरिया नगरक्षेत्रमा क्रियाशिल संघसंस्थाहरु कोभिड नियन्त्रणमा हातेमालो गर्ने भएका हुन् । पछिल्लो समय ब्यापक भैरहेको कोभिड–१९ र गुनपामा पारेको प्रभाव सन्र्दभमा नगरपालिका अन्र्तगत क्रियाशिल गैरसरकारी संस्था विच छलफल गरिएको गुलरिया नगरपालिकाकी उपमेयर शुसिला गिरीले बताईन् । कोभिडको प्रभाव न्युनिकरण, चेतना अभिबृद्धि लगायत अन्य कार्यक्रमहरु कसरी समन्वयात्मक गर्न सकिन्छ भन्ने विषमा छलफल गरिएको छ ।

छलफलका क्रममा नगरमा सक्रिय संघसंस्थाहरुको सहयोगी भावना पाएँ खुशी लाग्यो । उनले भनिन् कोभिड नियन्त्रणमा हामी एक्लै छैनौ संघ संस्थाको पनि सहयोगात्मक भावना पायौं । हामीले आइसोलेशन सेन्टर निर्माण, ब्यवस्थापन, वडा स्तरिय सचेतना संचालन गर्न नगरमा कृयाशिल गैरसरकारी संस्था एवं सरोकारवालाहरुसँग अनुरोध गर्ने निर्णय गरेका छौ । छलफल मार्फत गुलरिया नगरपालिकामा संचालित आइसोलेशन सेन्टरका लागि अक्सिजन ग्यास तथा २५ थान शिलिण्डर, पीपीई सेट, मास्क, ग्लोब्स, सेनिटाईजर, सरसफाई सम्वन्धी सामाग्रीहरु, आईसोलेसन संचालनका लागि आवस्यक खाद्यान्न लगायत आपतकालिन एम्वुलेन्स संचालनका लागि विभिन्न संस्थाहरुसँग सहयोग माग गर्ने निर्णय गरिएको छ ।

छलफलमा दलित सेवा संघ, दलित महिला संघ, बाँके युनेस्को क्लव, थारुमहिला उत्थान संघ माइती नेपाल लगायतका संघ संस्था सहभागी थिए । गुलरिया नगरपालिका वडा नम्वर ६ का वडाअध्यक्ष निरज शर्मा, गुलरिया नगरपालिकाका अधिकृत मुकुन्द अर्याल, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य लगायतको वैठकमा उपस्थिती थियो । कोभिडको महामारी ब्यापकबन्दै गैरहेको अवस्थामा कोभिड नियन्त्रण तथा रोकथाम सचेतना, विरामी ब्यवस्थापन लगायत नागरिकलाई पोषणको पहुँचका लागि समयमै तयारी गर्न नेपाल पत्रकार महासंघका अध्यक्ष यादव आचार्यले सुझाव दिएका छन् ।

तपाइको मत