fbpx

अर्घाखाँची प्रशासनका कर्मचारीमा कोरोना संक्रमण

अर्घाखाँची प्रशासनका कर्मचारीमा कोरोना संक्रमण


सन्धिखर्क । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल सहितका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिएको छ ।

प्रशासनबाट हुने नागरिकता, राहदानी वितरणसहित दैनिक प्रदान गरिने सेवा एक साताका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए । शान्ति–सुरक्षा, विपद्, उद्धारलगायत अत्यावश्यक सेवा बाहेकका अन्य सेवा वैशाख २२ गतेसम्मका लागि स्थगित गरिएको प्रजिअ पौडेलले बताए ।

अन्य ५ जना कर्मचारी पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि होम आइसोलेसनमा बसेको र उनीहरुको पीसीआर रिपोर्ट आइनसकेको प्रजिअ पौडेलको भनाइ छ ।सहायक प्रमुख जिल्ला अधिकारी खनालसहित २८ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

अर्घाखाँचीमा अहिलेसम्म ८ सय ६१ जनामा कोरोना संक्रमण देखिएकोमा हाल ४९ जना सक्रिय संक्रमित छन् । जिल्लामा १९ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् ।

तपाइको मत