fbpx

राजापुर वडा नम्बर ३ का सुत्केरीलाई प्रोत्साहन सामाग्री

राजापुर वडा नम्बर ३ का सुत्केरीलाई प्रोत्साहन सामाग्री


पुरुषोत्तम खनाल, बर्दिया । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ३ ले लक्षित वर्गका लागि विभिन्न सामग्री वितरण गरेको छ । वडा भित्रका सुत्केरी महिला स्याहार र प्रोत्साहन कार्यक्रम अन्तर्गत ९५ जना आमा र गर्भवतीहरुलाई १ क्यारेट अण्डा, झुल, र आधा केजी च्याबनप्रास प्रदान गरेको हो ।

अधिकांश न्यून आर्थिक अवस्था भएका र कृषि पेशामा रहेका अभिभावक भएकाले आमा र बच्चालाई पौष्टिक तत्व कम हुने र स्वास्थ्यमा गम्भीर असर देखिन सक्ने भएकाले चालु आर्थिक वर्ष २०७९/०८० मा सुत्केरी हुने र गर्भभती भएका सबै महिलालाई वडाबाट कार्यक्रम गरिएको वडा नम्बर ३ का वडा अध्यक्ष प्रसादु थारुले वताउनु भयो । आधारभूत स्वास्थ्य केन्द्र राजापुर नगरपालिका ३ प्रयागपुरका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविकाको रोहवरमा वडा भित्र पर्ने सबै गाउँ टोलमा रहनु भएका आमाहरुलाई करिब १ हजार २ सय वराबरको सामग्री वडाको सुत्केरी महिला स्याहार र प्रोत्साहन कार्यक्रममा राखेर लक्षित वर्गलाई प्रदान गरिएको वडा सचिव सोनु सिजापति मगरले जानकारी दिनु भयो ।

वडाले विगतमा पनि जेष्ठ नागरिकलाई लक्षितगर्दै थर्मस वितरण गरेको थियो । आम नागरिकलाई स्थानीय सरकारको महसुस गराउन यस्ता कार्यक्रमले निकै महत्वपूर्ण भूमिका खेल्ने राजापुर नगरपालिका ३ मुरैयाकी महिला स्वास्थय स्वयम सेविका मीना चौधरीले वताउनु भएको छ । यस्तै राजापुर नगरपालिका वडा नं. १ ले महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई टर्च र छाता प्रदान गरेको छ । गाउँमा जुनसुकै समयमा खटिनु पर्ने स्वयम सेविकाहरुलाई सरकारबाट सेवा सुविधा नदिएको भए पनि सेवालाई थप प्रभावकारी सेवा दिनका लागि वडाले सानो सहयोग गरेको वडाध्यक्ष बाबुराम चौधरीले वताउनु भयो ।

तपाइको मत