fbpx

अपांगता छोरीको उपचारमा परिवारको बिचल्ली

अपांगता छोरीको उपचारमा परिवारको बिचल्ली

दलबहादुर सुनार, बढैयाताल । छोरीलाई अपांग हुनबाट बचाउन खोज्दा बढैयाताल गाउँ पालिका वडा नम्बर ५ नयाँवस्तीका राजकुमार वि.क. बिचल्ली परेका छन् । घर जग्गा बेचेर अपांगता भएकी ११ बर्षिया छोरी श्रृष्टिको उपचार गर्दा बि.क परिवार बिचल्लीमा परेका हुन् ।

अपांगता छोरीको उपचार गर्न घर वास बेच्नु पर्यो, बस्ने बास छैन बिहान बेलुका खाने गाँस पनि छैन बालिकाका बावु राजकुमारले भन्नुभयो । ३ सन्तान छन् । जेठी छोरीको उपचारमा सम्पत्ती बेचेर लगायौं उपाय लागेन । सृष्टीकी आमा बिष्णुले भन्नुभयो एक कट्ठा जग्गा बेचेर छोरीको उपचारमै सकियो । तिन वर्ष पुग्दै गरेकी छोरी बिद्यालय जान थाल्दा त्यो दिन खुसिको क्षण थियो । २०७४ साल मा छोरी सृष्टी अचानक बिरामी हुँदा हिडडुल गर्न नसक्ने भईन । छोरीलाई हिडाउनकै लागि घरेलु बिधि र अस्पतालमा उपचार धेरै गरियो तर पनि केहि सिप लागेन । अशक्त अपांगता भएका छोरीको स्याहार सुसार गर्नु दैनिकी बनेको उहाँको भनाई छ ।

सृष्टीको बुवा रोजी रोटीको लागि ज्याला मजदुरी गर्न र आमाको दैनीकी अपांगता छोरी सृष्टीलाई बोकेरै बाहिरभित्र लैजानमा ठिक्क छ । स्याहार सुसारमा दिन बित्ने गरेको छ कसरी हुर्काउने चिन्ता उहाँ सुनाउनु हुन्छ । २०५२ सालमा सुकुम्बासी आयोगबाट बुवाको नाममा पाएको ४ कट्ठा जग्गा मध्ये ४ भाईलाई भाग लगाउदा १÷१ कट्ठा परेको थियो । त्यहि घर वाँस भएको जग्गा बेचेर छोरीको उपचार गरियो तर छोरीलाई हिड्न सक्ने बनाउन सकिएन सृष्टीको बुवाले थप्नुभयो । गरिबी त थियो नै गरिबी भएर पनि केहि फरक परेको थिएन । काम गर्दै परिवारसंगै रमाउदै दिन चर्या चलेको थियो । परिवारमा अपांगता छोरीको लालनपालन, शिक्षा दिक्षामा समस्या थपिएको छ । न घर छोडेर जान सक्छु न यहाँ नै केही गरेर जिउन सक्छु नत बस्ने बास नै छ न त पेसा नै ।

मजदुरी पनि कहिले पाईन्छ कहिले पाईदैन । काम भएको दिन छाक टर्छ न भएको दिन छाक टार्न समस्या हुन्छ । छोरी हिड्न सक्ने पनि भईनन् बस्ने वास पनि नरहेपछि अपांगता परिचय पत्रको लागि पालिका पुगेकी छु । छोरीको दुबै खुट्टा नचल्ने अबस्था देखिएकोले नियमानुसार ख बर्गको अपांगता परिचय पत्रको सिफारीस भएको महिला शाखा बढैयातालकी प्रमुख सुजिता चौधरीले जानकारी दिनुभयो । यो त एउटा प्रतिनिधि मुलक घटना मात्रै हो । अपांगता भएका ब्यक्तिहरुको न त वडामा तथ्यांक छ न त पालिकामा । त्यसैले स्थानिय सरकारले अपांगता भएका ब्यक्तिहरुको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य लगाएतको बिबरण सहितको बास्तबिक पाश्र्वचित्र प्रोफाईल बनाउन सक्नुपर्छ ।

तपाइको मत