fbpx

बाँसगढीमा १० बर्षे शिक्षा सुधारगर्न स्थानिय शिक्षा योजना

बाँसगढीमा १० बर्षे शिक्षा सुधारगर्न स्थानिय शिक्षा योजना


विन्दु चौधरी, बाँसगढी । बाँसगढी नगरपालिकाले १० वर्षे शिक्षाक्षेत्र सुधारका लागि स्थानिय शिक्षा योजना निर्माण कार्याशाला शुरु गरेको छ । यूनेस्कोको सहयोग र बाँसगढी नगरपालिकाको आयोजनामा शिक्षा क्षेत्रमा सुधारका लागि १० वर्षे योजना लागू गर्ने तयारी गरेको हो ।

जसका लागि कार्यशालाको पहिलो दिन दश वर्षे योजनाको तयारीका लागि प्राबिधिक सहित ४ वटा बिषयगत समिति गठन गरिएको छ । भौतिक पुर्वाधार तथा शिक्षक ब्यवस्थापनमा ३ सदस्यीय समिती गठन गरिएको छ । जसको संयोजकमा बाँसगढी नगरपालिका वार्ड न ९ का वडाअध्यक्ष चन्द्र बहादुर शाही र सदस्यहरुमा कार्यपालिका सदस्य बुद्धिमाया सार्की र इन्जिनीयर बलराम पौडेल रहेका छन् । त्यसैगरी गुणस्तरिया शिक्षा तथा समता समावेशिकरण स्थानिय पाठ्यक्रम समितीमा वार्ड नं. ३ का वडाअध्यक्ष रामचन्द्र थारुको संयोजकत्वमा ५ सदसिय समिती निर्माण गरिएको छ । जसको सदस्यहरुमा जनप्रिय मावि दमौलीका प्रधानाध्यपक सर्भिश शर्मा, नेरामावि बाँसगढीका शिक्षक फणिन्द्र प्रसाद ढुंगाना, महिला बालबालिका शाखाका प्रमुख एशोदा थापा र मेलमीलाप केन्द्रका गोपाल वली रहेका छन् ।

त्यसैगरी स्रोत ब्यवस्थापन तथा परिचालन विषयगत समितीको संयोजकमा कार्यापालिका सदस्य भद्र बहादुर परियार, प्रभुनारायण चौधरी र दोलराज वली सदस्यमा रहनुभएको छ । त्यस्तै ३ सदस्यिय योजना प्राथमिकिकरण तथा बजेत परिचालन समिती गठन गरिएको छ । जसको संयोजकमा अर्जुन कुमार खड्का, सदस्यमा खड्क बहादुर वली र राममुरत यादव रहेका छन् । कार्यशालामा शिक्षा योजना निर्माणका विशेषज्ञ लक्ष्मण खनालले विद्यालय शिक्षामा लगानी गर्ने, भौतिक पूर्वाधार निर्माणमा जोड दिने, नेपालको संविधान र कानुनमा भएका शिक्षा सम्बन्धी प्रावधानको पूर्ण कार्यान्वयनमा जोड दिइने, सामुदायिक विद्यालयको सबलीकरण, दिगो विकास लक्ष्य र हालै कोभिडको प्रभाव समेतलाई सम्बोधन गर्ने गरी योजना बनाइने चुरेकुञ्जलाई जानकारी दिनुभयो ।

कार्यक्रममा बाँसगढी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख तथा उपसचिव मन प्रसाद रेग्मीले सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्दै मध्यम आय भएको मुलुकको रूपमा स्तरोन्नतिका लागि सहयोग गर्ने गरी योजना समेट्न सकिने बताउनुभयो । स्थानीय तहको आवश्यकता अनुसारको पाठ्यसामग्री र पाठ्यक्रमको विकास, शिक्षक व्यवस्थापन, सामुदायिक विद्यालयको सबलीकरण, अनौपचारिक शिक्षा, दूरशिक्षा तथा खुला सिकाइ, गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षामा सूचना प्रविधि र समावेशी शिक्षालाई योजनाले जोड दिईने बताउनु भयो । कार्यशालाकामा बाँसगढी नगरपालिकाका निमित्त नगर प्रमुख इन्दिरा चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद पौडेलले नगरपालिकाको शिक्षाको बिकास तथा सुधारका लागि बिद्यालय, व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, बिभिन्न संघ संस्था लगायतसंग नियमित समन्वय सहकार्य गर्न आवश्यक रहेको बताउनु भएको छ ।

तपाइको मत