fbpx

माग सम्बोधनपछि सांसद गौतमको अनसनले सार्थकता पायो

माग सम्बोधनपछि सांसद गौतमको अनसनले सार्थकता पायो

चुरेकुञ्ज, गुलरिया । संघीय सांसद एवम् पूर्व सिंचाई मन्त्री संजयकुमार गौतमले आठौं दिनमा अनसन तोडेका छन् । नेपाल सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अनसनमा उठाईएका १५ बुँदे मागहरु सरकारले पूरागर्ने लिखित सहमतीगर्दै जुस पियाएपछि गौतमले अनसन स्थगन गरेका हुन् ।

संघीय सांसद एवम् पूर्व सिंचाई मन्त्री संजयकुमार गौतमले आठौं दिनमा अनसन तोडेका छन् । नेपाल सरकारका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अनसनमा उठाईएका १५ बुँदे मागहरु सरकारले पूरागर्ने लिखित सहमतीगर्दै जुस पियाएपछि गौतमले अनसन स्थगन गरेका हुन् । सम्झौता पूर्व नेपाल सरकारका तर्फबाट मन्त्री ज्वाला र अनसनरत गौतमका तर्फबाट दुवै पक्षविच जिल्ला प्रशासन कार्यालयमा बार्ता गरिएको थियो । बार्ताले सफल रुप लिएपछि मन्त्री सहितको टोली अनसन स्थल पुगेर सम्झौता आदान प्रदान गरेका हुन् । सरकारका तर्फबाट बोल्दै मन्त्री ज्वालाले अनसनका क्रममा उठाईएका सबै मागहरु पूरा गर्ने प्रतिवद्धता गरेका छन् ।

हामी जे बोल्छौ गर्छौ नहुने कुरा बोल्दैनौ । उनले भने सरकारका विभिन्न मन्त्रालयहरु सँग सम्बन्धीत मागहरु भएका कारण विभिन्न मन्त्रालयसँग समन्वय गर्दा ढिलाई भएको बताए । गौतमले उठाएका सबै माग बर्दियाली जनताको पक्षमा रहेकाले प्रधानमन्त्री देखि राज्यका सबै नेतृत्वमा रहेका नेतागणहरुको मन्जुरीमा सरकारले माग पूरा गर्न प्रतिबद्ध भएको उनको जिकिर थियो । जेठ महिनादेखि जब्दीघाटको नयाँ पुल निर्माणको टेण्डर प्रकृया शुरु गरिने मन्त्री ज्वालाले प्रतिबद्धता गरेका छन् । सरकारले पटक पटक सदनमा राख्दा समेत सुनुवाई नगरेका बर्दियाको समग्र बिकासका मुद्धा अनसनपछि पूरा गर्ने प्रतिबद्धता गरेकोमा सांसद गौतमले खुशी ब्यक्त गरेका छन् । सम्झौता भयो तर आफूले उठाएका सवालहरु पूरा गर्न सरकार कटिबद्ध हुनुपर्ने उनको भनाई छ ।

जब्दीघाटको भत्किएको पुलको स्पान लगायतका संरचना हटाई तुरुन्त पुल निर्माणको कार्य शुरु गर्नुपर्ने, गुलरिया सदरमुकाम जोखिम भएकोले तटबन्धनको बाँकी काम तुरुन्त नियमित गर्नुपर्ने, राष्ट्रिय गौरवको बबई सिंचाई आयोजना ३ बर्षमा पुरागर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ तेलपानी सुर्खेत सडक यसै आर्थिक बर्षदेखि निर्माण कार्य शुरुगर्नुपर्ने, गुलरिया मूर्तिहा नाका सुचारु गर्नुपर्ने, मध्यवर्तीका जनताको जीउधनको सुरक्षागर्दै कंक्रिट फेन्सिङ गर्नुपर्ने, बाढी पिडितलाई भुकम्प पिडित सरह मान्यता दिनुपर्ने लगायतका गौतमका माग हुन् ।

कपास विकास समितिलाई विघटन गरी शेयर किसानलाई मोही सरह हैसियत दिनुपर्ने, सत्तीघाट पुलमा आवस्यकता अनुसार स्पान थप्नुपर्ने, गतबर्षको बेमौसमी बर्षाबाट पिडित किसानलाई क्षतीपूर्ति दिनुपर्ने, राजापुर सिंचाई परियोजनाको दोस्रो चरणको कामको लागि बजेट विनियोजन हुनुपर्ने, अब्यवस्थीत बसोबासी तथा भुमिहिन सुकुम्बासीको समस्या तत्काल समाधान गरिनुपर्ने, किसानलाई विउमलको ब्यवस्था गरी कृषि उपजको बजार ब्यवस्थापन गर्नुपर्ने, बर्दियामा एउटा कृषि पोलिटेक्निकल स्थापना गरिनुपर्ने, सबैखाले भ्रष्टाचारको अनुसन्धान गरी दोषीलाई कारवाही गरिनुपर्ने लगायतका माग थिए । गौतमले बैशाख ३० गतेदेखि बबई नदीको जब्दीघाट स्थित भत्किएको पुलमुनी अनसन बस्दै आएका थिए । उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो । सरकारले बर्दियाली जनताका तर्फबाट गौतमले उठाएका मागहरु सम्बोधन गरी बर्दियामा सरकारको प्रत्यक्ष उपस्थिती देखाएको छ ।

तपाइको मत