fbpx

नेपाल शिक्षक संघ बर्दियाद्वारा सांसद गौतमको जीवनरक्षा माग

नेपाल शिक्षक संघ बर्दियाद्वारा सांसद गौतमको जीवनरक्षा माग


चुरेकुञ्ज, गुलरिया । १५ बुँदे मागसहित बबई नदीको जब्दीघाट स्थित भत्किएको पुलमुनी अनसनरत सांसद संजयकुमार गौतमको नेपाल शिक्षक संघ बर्दियाले जीवन रक्षाको माग गरेको छ । जनताको प्रत्यक्ष सरोकार राख्ने मागहरु नेपाल सरकारले अविलम्ब पुरा गर्न विज्ञप्ती जारी गरिएको छ ।

नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति बर्दियाका अध्यक्ष माधव राज शर्मा ढकाल र सचिव नारायण प्रसाद पौडेलको संयुक्त हस्ताक्षरमा प्रेस विज्ञप्ती जारीगर्दै मागपुरा गरी गौतमको जीवन रक्षा गर्न जोडदार माग गरिएको छ ।

तपाइको मत