२ हजारको नोट नचलाउने भारतीय रिजर्व बैंकको घोषणा
- शुक्रबार जेठ ५ , २०८०
काठमाडौं । भारतमा दुई हजारको नोट नचल्ने भएको छ । भारतीय रिजर्व बैंकले २ हजारको नोटलाई नचलाउने निर्णय गरेको हो । तर नोटले भने वैधता पाउने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतीय रिजर्व बैंकले नोट सटहीका लागि ३० सेप्टेम्बर सम्मको समय तोकेको छ । सर्वसाधारणले एकपटकमा २० हजारको नोट सटही गर्न सक्नेछन् । भारतीय रिजर्व बैंकले सबै बैंकलाई दुई हजारको नोट जारी नगर्न आग्रहसमेत गरेको छ । भारत सरकारले यसअघि ५०० र १००० नोटमा प्रतिबन्ध लगाएको थियो । सोहीबेला देखि २ हजारको नोट प्रचलनमा ल्याइएको अन्नपूर्ण पोस्ट्मा खबर छ ।