बर्ष भरीमा १ सय २३ जनालाई सिमानाबाट उद्धार
- सोमबार बैशाख १३ , २०७८
मुरली गोडिया, गुलरिया । बर्दिया जिल्लाको सिमानाका बाट १ सय २३ जनालाई उद्धार गरि परामर्श प्रदान गरिएको छ । माइती नेपाल बर्दियाले गुलरियामा गरेको मानव बेचविखन तथा ओसारपसार सम्बन्धि संचारकर्मीहरु संगको अन्तक्र्रिया कार्यक्रममा उक्त प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
नेपालका विभिन्न जिल्लाका चेलि बेटीहरुलाई प्रहरी, संघसंस्था स्थानिय सरकार लगायतको समन्वयमा जोखिम पुर्ण यात्रामा रही सिमाना बाट उद्धार गरि आवधिक गृहमा प्रवेश गराई परामर्श प्रदान गरिएको माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले जानकारी दिनु भएको छ । सो कार्यक्रममा देशका विभिन्न स्थानका गरि १ सय २० जनालाई मानव बेचविखन र सुरक्षित बसाई सराई बारे जानकारी दिई परिवारिक पुर्नमिलन गराइएको रिमालले बताईन ।
विगत देखी माइती नेपालले बर्दिया जिल्लाको विभिन्न पालिकाहरुमा मानव बेचविखनको रोकथाम तथा नियन्त्रणका लागी जनचेतना मुलक, उद्धार तथा परामर्शका क्रियाकलाप संचालन गर्दै आएको छ । माइती नेपालका अयोजनामा गरिएको कार्यक्रममा विगत १ वर्ष देखीका संस्थाले गरेका क्रियाकलापहरुको सार्वजनिकीकरण गरिएको थियो । श्रम र यौन शोषणमा ३ जनालाई उद्धार गरिएको छ भने खोजतलासका लागी ५४ जनाले निवेदन हालेको मध्ये २४ जना फेला परेका तथा बाँकीको अवस्था अज्ञात रहेको संस्थाको तथ्याङ्कले जनाएको छ । त्यस्तै घरेलु हिंसाका घटनाहरु समेत बढेको पाइएको छ । सन २०२० को मे देखि २०२१ के अप्रिल सम्मको तथ्याङ्क अनुसार ८० ओटा घटनाहरुको भएको र ६६ वटा घरेलु ंिहसाका घटनाहरु समाधान भएको माइती नेपाल बर्दियाले जनाएको छ ।
नेपाल पत्रकार महासंघ बर्दियाको समन्वयमा भएको उक्त अन्र्तक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दिया अध्यक्ष यादव प्रसाद आचार्यले बर्दिया जिल्लाका संचारकर्मीहरुको सजह हुने गरि घटनाहरुको तथ्याङ्क प्रस्तुत गर्न अवश्यक रहेको बताउनु भएको छ । स्थानिय संचारकर्मी केवल बर्दिया जिल्लाका बस्तु स्थीतका बारेमा लेख्नु पर्ने हुँदा तथ्याङ्कमा बर्दिया जिल्ला संग सम्बन्धित घटनाहरुलाई प्राथमिकता दिन अवश्यक रहको बताउनु भएको छ । कार्यक्रममा जिल्ला सक्रीय संचारकर्मीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।