fbpx

१५ बुँदे मागराख्दै पूर्व सिंचाई मन्त्री संजय गौतम सत्याग्रहमा

१५ बुँदे मागराख्दै पूर्व सिंचाई मन्त्री संजय गौतम सत्याग्रहमा


चुरेकुञ्ज, गुलरिया । नेपाली काँग्रेसका केन्द्रिय सदस्य, पूर्व सिंचाई मन्त्री एवम् संघीय सांसद संजयकुमार गौतम् समग्र बर्दिया बिकासको १५ बुँदे मागसहित आमरण अनसन (सत्याग्रह) मा बस्नु भएको छ । जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै बबई नदीको जब्दीघाट स्थित हस्तान्तरण नहुँदै भाँसिएको पुलको मुनी नदी तटमा शनिवारदेखि अनसन शुरु गर्नु भएको हो ।र्

बर्दियाको बिकासको एजेण्डाहरु संसद भवनमा राख्दा पनि सरकारले वास्ता नगरेकोले अब सडकमा उत्रिनुको विकल्प नरहेकोबताउँदै माग पुरा नभएसम्म अनसन नतोड्ने उहाँको भनाई छ । जब्दीघाटको भत्किएको पुलको स्पान लगायतका संरचना हटाई तुरुन्त पुल निर्माणको कार्य शुरु गर्नुपर्ने, गुलरिया सदरमुकाम जोखिम भएकोले तटबन्धनको बाँकी काम तुरुन्त नियमित गर्नुपर्ने, राष्ट्रिय गौरवको बबई सिंचाई आयोजना ३ बर्षमा पुरागर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ तेलपानी सुर्खेत सडक यसै आर्थिक बर्षदेखि निर्माण कार्य शुरुगर्नुपर्ने, गुलरिया मूर्तिहा नाका सुचारु गर्नुपर्ने, मध्यवर्तीका जनताको जीउधनको सुरक्षागर्दै कंक्रिट फेन्सिङ गर्नुपर्ने, बाढी पिडितलाई भुकम्प पिडित सरह मान्यता दिनुपर्ने लगायतका मागहरु पूर्वमन्त्री गौतमको छ ।

त्यस्तै कपास विकास समितिलाई विघटन गरी शेयर किसानलाई मोही सरह हैसियत दिनुपर्ने, सत्तीघाट पुलमा आवस्यकता अनुसार स्पान थप्नुपर्ने, गतबर्षको बेमौसमी बर्षाबाट पिडित किसानलाई क्षतीपूर्ति दिनुपर्ने, राजापुर सिंचाई परियोजनाको दोस्रो चरणको कामको लागि बजेट विनियोजन हुनुपर्ने, अब्यवस्थीत बसोबासी तथा भुमिहिन सुकुम्बासीको समस्या तत्काल समाधान गरिनुपर्ने, किसानलाई विउमलको ब्यवस्था गरी कृषि उपजको बजार ब्यवस्थापन गर्नुपर्ने, बर्दियामा एउटा कृषि पोलिटेक्निकल स्थापना गरिनुपर्ने, सबैखाले भ्रष्टाचारको अनुसन्धान गरी दोषीलाई कारवाही गरिनुपर्ने माग छन् । आफ्नै सरकार भएपनि सदनबाट जति माग राखेपनि पूरा नभएपछि जनताको भावनाको कदरगर्दै सम्भावनाको विकल्प नदेखेर अनसनमा बस्न बाध्य भएको संसद गौतमको भनाई छ ।

तपाइको मत