fbpx

प्रेस युनियन बर्दियाको अध्यक्षमा दिपकलाल श्रेष्ठ सर्बसम्मत

प्रेस युनियन बर्दियाको अध्यक्षमा दिपकलाल श्रेष्ठ सर्बसम्मत


चुरेकुञ्ज, गुलरिया । नेपाल प्रेस युनियन जिल्ला शाखा बर्दियाको अध्यक्षमा दिपकलाल श्रेष्ठ सहित १५ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको छ । शनिवार सम्पन्न अधिवेशनले निर्विरोध कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा संजय आचार्य र हरि गुरुङ, सचिव दुर्गा आचार्य, सहसचिव चन्द्र बहादुर बि.क., कोषाध्यक्ष प्रशान्त टण्डन चयन भएका छन् । त्यस्तै सदस्य खुल्ला तर्फ अजय चापागाई, प्रेम यादव, प्रमेश यादव, सदस्य जनजाती विशाल श्रेष्ठ, महिला जनजाती प्रमिला कुमारी चौधरी, सदस्य मधेसी मुरली गोडिया, सदस्य महिला निर्मला शर्मा, र अनु भण्डारी, सदस्य अल्पसंख्यकमा अफजल खान चयन भएका छन् ।

नेपाल प्रेस युनियनका अध्यक्ष विनय राजभण्डारीको अध्यक्षतामा भएको उद्घाटन शत्रको प्रमुख अतिथी नेपाली काँग्रेसका सहमहामन्त्री एवम् संघीय संसद किशोर सिंह राठौरले पत्रकारहरु स्वच्छ पत्रकारिता गर्न लाग्नु पर्ने बताउनु भएको छ । पत्रकारलाई गर्नुपर्ने कुनैपनि सहयोग गर्न आफू र पार्टी सधै तयार रहेको उहाँको भनाई छ । विशिष्ट अतिथी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् संघीय संसद संजयकुमार गौतम्ले जिल्लाका पत्रकारहरुबाट सधै साथ र सहयोग पाएको स्मरणगर्दै पत्रकारको बृत्ति विकासमा सकेको सहयोग गर्ने बताउनु भएको छ ।

लुम्विनी प्रदेस संसद भुवनेश्वर चौधरी कार्यक्रममा अतिथीका रुपमा सहभागी हुनु भएको थियो । प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, नेपाल पत्रकार महासंघ महासंघ लुम्विनी प्रदेसका उपाध्यक्ष शुक्रऋषी चौलागाई, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव प्रसाद आचार्य एवम् निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद धिताल एवम् प्रेस चौतारी नेपाल बर्दियाका अध्यक्ष यज्ञप्रसाद सापकोटाले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको छ ।

प्रेस युनियनका उपाध्यक्ष विष्णु प्रसाद अधिकारीले स्वागत मन्तब्य राख्नु भएको उद्घाटन शत्र सचिव दुर्गा आचार्यले संचालन गर्नु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका विभिन्न तह र तप्कामा रहेका नेता गण, वडाध्यक्षहरु पत्रकारहरुको सहभागीता थियो ।

तपाइको मत