fbpx

बाँसगढीका कृषकहरुलाई कृषि यन्त्र औजार मर्मत तालिम

बाँसगढीका कृषकहरुलाई कृषि यन्त्र औजार मर्मत तालिम


विन्दु चौधरी, बाँसगढी । बाँसगढी नगरपालिकामा कृषि यन्त्र तथा औजार मर्मत सम्वन्धि ७ दिने तालिम संचालन भएको छ । बाँसगढी नगरपालिकाले आयोजना तथा पशुपतिनाथ सप्लायर्सको प्राविधिक सहयोगमा किसानहरुलाई कृषियन्त्र तथा औजार मर्मत सम्वन्धि तालिम दिईएको छ ।

तालिममा किसानहरुले खेतीको लागि प्रयोग गर्ने कृषि यन्त्रहरु पावर ट्रिलर, मिनी ट्रिलर, रिपर, मोटर, पम्पसेट जस्ता वस्तुलाई कसरी प्रयोग गर्ने र यसको मर्मत कसरी गर्ने भन्ने विषयमा तालिम दिईएको हो । बाँसगढी नगरपालिकाका कृषि शाखाका प्रमुख लालबहादुर खड्काले नगरपालिकाको अनुदानमा दिएका कृषि सामग्रीहरु बिग्रिएर प्रयोग बिहिन बनेकोले यो तालिमले कृषकहरुको सामग्रीको सदुपयोग हुनेमा आशा व्यक्त गर्नुभएको छ ।

कृषकहरुले सामान्य कृषि औजार बिग्रेमा पनि आफैले मर्मत गर्न सकुन् भनेर तालिमको आयोजना गरिएको उहाँको भनाई छ । विना तालिम कृषकलाई औजार बाँड्दा अनुदानको सदुपयोग हुन नसक्ने भन्दै कृषकहरुलाई उचित तालिमको आवश्यक पर्ने पशुपतिनाथ सप्लायर्सका संचालक प्रेमनारायण पौडेलले बताउनुभयो । तालिमको प्रशिक्षक सागर अधिकारी र शुसिल अधिकारी हुनुहुन्छ । तालिममा बाँसगढी नगर भित्रका ४० जना कृषकहरुको सहभागिता रहेको छ । तालिम जेठको ४ गते सकिने छ ।

तपाइको मत