मानव ओसारपसार विरुद्ध अन्तरदेशिय कार्यशाला
- सोमबार बैशाख १३ , २०७८
मुरली गोडिया, गुलरिया । मानव बेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिती र माइती नेपाल बर्दियाको संयुक्त अयोजनामा एक अन्तरदेशिय अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । माइती नेपाल बर्दियाकी कार्यक्रम संयोजक गायत्री रिमालले संस्थागत प्रस्तुति पेश गर्नु भएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथी तथा गुलरिया नगरपालिकाकी नगर उपप्रमुख शुशिला गीरीले सिमा क्षेत्रमा हुने विभिन्न घटनाहरु रोकथाम तथा नियन्त्रणका लागी स्थानिय सरकार सक्रिय रहेको बताउनु भयो ।
वडा स्तरमा विभिन्न समितीहरु गठन गरिएको, बाल क्लब, किशोरी संजाल गठन गरिएको उल्लेख गर्दे त्यस्ता समिती तथा समुहहरुलाई थप सक्रिय बनाउने बताउनु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले मानव बेचविखन जस्तो ठुलो अपराध अरु कुनै नभएको बताउनु भयो ।
सामाजिक अपराध भएकाले यस्को नियन्त्रणका लागी सवै पक्ष एक जुट हुन आवश्यक रहेको बताउनु भयो । बर्दिया प्रहरी उपरिक्षक इश्वर कार्कीले यस्का कानुनी प्रावधान बारे प्रष्ट पार्नु भएको थियो । मानव बेचविखनमा संलग्नलाई सवै भन्दा कडा र ठुलो सजाय रहेको जानकारी गराउनु भएको छ । सिमा क्षेत्रमा खट्ने प्रहरीहरुलाई नागरिक संग कसरी जोड्न सकिन्छ भन्ने प्रकारका कार्यक्रममाहरु उनिहरुकै क्षेत्रमा संचालन गर्न आवस्यक रहेको बताउनु भएको छ ।
मानव बेचविखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिती बर्दियाका अध्यक्ष प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधी, शसस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको सहभागीता थियो ।