fbpx

समाजवादी प्रेस संगठन बर्दियाको अध्यक्षमा प्रतापकुमार गौतम

समाजवादी प्रेस संगठन बर्दियाको अध्यक्षमा प्रतापकुमार गौतम


चुरेकुञ्ज, बर्दिया । समाजवादी प्रेस संगठन बर्दियाको अध्यक्षमा प्रतापकुमार गौतम सर्बसम्मत चयन हुनु भएको छ । समाजवादी प्रेस संगठन बर्दिया शाखाको प्रथम अधिवेशनले गौतमको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै संगठनको उपाध्यक्षमा मनु अधिकारी, सचिव दिलिप लम्साल, कोषाध्यक्ष सरिता कुमारी शाही, सदस्यहरुमा एलिसा रावत, प्रताप पोखरेल, अर्जुन पोखरेल र नारायण खनाल रहनु भएको छ । जिल्ला कमिटीले ३ सदस्यीय सल्लाहकार समिति मनोनयन गरेको छ जस अनुसार लोकमणि आत्रेय, रमेश कुमार थापा र बखत बहादुर खड्का रहनु भएको छ ।

प्रमुख अतिथि निर्मल सुवेदीले प्रेस संगठनले जनताको वाक स्वतन्त्रता, विचार अभिव्यक्तिलाई प्राथमिकतामा राखी समाचार सम्प्रेषण गर्ने र संविधानको सर्वाेच्चतालाई सम्मान गर्ने नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी भएकोले रचनात्मक रुपमा पार्टीलाई देश व्यापीरुपमा संगठन निर्माणमा जुटन आव्हान गर्नुभयो । प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदीले संञ्चार क्षेत्रमा आफ्नो संगठनको भुमिका सशक्त भएकोले आगामी दिनमा हुने नेपाल पत्रकार महासंघको सदस्यता वितरणमा चाँसोराख्दै जिल्ला जिल्लामा संगठनलाई मजबुत बनाउन आव्हान गर्नुभयो ।

प्रदेश कमिटि अध्यक्ष हृदय भुसालले प्रेस संगठनका १२ वटै जिल्लामा संगठन विस्तार गर्दै आसन्न पत्रकार महासंघको महाधिवेशनमा आफ्नो सहभागीतालाई सुनिश्चित गर्ने भएकाले सदस्यता वितरणमा संगठनले महत्वपूर्ण भुमिकामा रहन निर्देशन दिनुभयो । नेकपा एसका बर्दिया इन्चार्ज निर्मल सुवेदी प्रमुख अथिति र विशेष अतिथि सह इन्चार्ज लोकमणि आत्रेय, प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदी, प्रदेश कमिटी अध्यक्ष हृदय भुसाल र सचिव दिपक आर्चायले निर्वाचित कमिटी लाई शुभकामना दिनु भएको थियो ।

नवनिर्वाचित अध्यक्ष गौतमले संगठनलाई जिल्लामा सशक्त बनाउने र संगठनको सदस्यता वितरण ८ वटै पालिकामा विस्तारगर्दै सबै स्थानीय तहमा समाजवादी प्रेस संगठनको संगठन निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वहाँले निकट भविष्यमा संगठनले एउटा अनलाइन पत्रिका दर्ता गरी जिल्लामा सञ्चालन गर्ने जानकारी दिनु भएकोछ ।

तपाइको मत