fbpx

बाँसगढी नगरमा ‘मेरो बाँसगढी’ नामक स्थानिय पाठ्यक्रम लागु

बाँसगढी नगरमा ‘मेरो बाँसगढी’ नामक स्थानिय पाठ्यक्रम लागु


विन्दु चौधरी, बाँसगढी । बर्दियाको बाँसगढी नगरपालिकाले (६–८) कक्षासम्मको आधारभुत स्थानिय पाठ्यक्रम विमोचन गरेको छ । मेरो बाँसगढी नामक स्थानिय पाठ्यक्रम कक्षा (६–८) सम्म नगरप्रमुख खड्क बहादुर खड्काले विमोचन गर्नुभएको हो ।

स्थानिय पाठ्यक्रम २०७९ कक्षा (६–८) सम्म यसै शैक्षिक सत्र २०८० बाट लागु हुने बाँसगढी नगरपालिका शिक्षा शाखा प्रमुख छत्रबहादुर शाहीले जानकारी दिनुभयो । यसअघि ०७८ सालमा कक्षा (१–५) सम्म पाठ्याक्रम लागु गरिसकेको छ । नेपाल सरकारको राष्ट्रिय पाठ्यक्रम संरचनामा नै १०० पुर्णाङकलाई आधार मानेर स्थानिय भुगोल, जनसंख्या, धार्मिक पर्यटकिय स्थल, स्थानीय कला, संस्कृतिलाई आधार बनाएर पाठ्यक्रम निती अनुरुप बाँसगढी नगरपालिकाले मेरो बाँसगढी नामक स्थानिय पाठ्यक्रम निर्माण गरेको शिक्षा शाखा प्रमुख शाहीको भनाई छ ।

मेरो बाँसगढी नामक स्थानिय पाठ्यक्रम कक्षा (६–८) मा स्थानिय मुल्य मान्यता, भुगोल र जनसंख्या, स्थानिय पेशा तथा प्रविधि, कला सस्कृति, धार्मिक तथा पर्यटकीय सम्पदा, स्वास्थ्य योग र खेलकुद, बन्यजन्तु, बनस्पती संघसस्था, जनप्रतिनिधि, जोखिम न्यूनीकरण तथा विपद ब्यवस्थापन लगाएत ७८ पेजको ९ वटा विषयबस्तुका क्षेत्रहरु निर्धारण गरिएको छ । स्थानिय पाठ्यक्रम निर्माण समितीका संयोजक ज्ञानेन्द्र पौडेल, सदस्यहरुमा महानन्द ढकाल, गौरी सापकोटा सुवेदी, मोतिप्रसाद शर्मा, हरिराम थारु र जीतबहादुर रोकायको समितीले पाठ्यक्रम निर्माण गर्नुभएको हो । पाठ्यक्रमले विद्यार्थीहरुमा स्थानिय स्तरको पहिचान दिने मात्रै नभई एकआपसमा सदभावको विकास गर्ने नगरपालिकाको विश्वास छ ।

तपाइको मत