समृद्धिको “कोसेली घर”
- सोमबार बैशाख १३ , २०७८
चुरेकुञ्ज, गुलरिया । बर्दियाको गुलरियामा सहकारीले कोसेली घर संचालनमा ल्याएको छ । समृद्धि कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गुलरियाले अत्यावस्यक वस्तुहरु संकलन तथा विक्रीका लागि कोसेली घर संचालन गरेको छ ।
गुलरिया नगरपालिका बजार स्थित वसपार्कमा कोसेली घर संचालन गरिएको सहकारीका अध्यक्ष निम थापाले बताए । घर संचालनका लागि घरेलु तथा साना उद्योग कार्यालयको बार्षिक कार्यक्रम अन्र्तगत संचालनमा आएको कोसेली घरमा जिल्ला भित्रका साना किसान तथा उद्योग उद्यमीहरुबाट उत्पादित हस्तकलाका सामाग्रीहरु बेतवाँसका वस्तु, ढकिया लगायत दिनहुँ अत्यावस्यक खाद्यान्नहरु उपलब्ध रहेको छ ।
स्थानिय कृषक, उद्योगबाट उत्पादित वस्तुहरु संकलनगर्दै स्वच्छ र स्वस्थ प्रशोधन गरी विक्री वितरण गरिने अध्यक्ष थापाले प्रष्ट्याए । कृषिजन्य गेडागुडी, लगायत अन्य उत्पादित वस्तुहरु विक्रीका लागि राखिएका छन् । कोसेली घरमा चिनी, चियापत्ती, चामल, दाल, नुन लगायतका दैनिक उपभोग्य गुणस्तरिय सामाग्रीहरु सुपथ मुल्यमा विक्री वितरण हुने जनाईएको छ ।