स्वास्थ्य शिक्षालाई फोकस गरेर काम गरेको छु : सर्वजीत यादव वडाध्यक्ष गुलरिया नपा–३
- आइतबार बैशाख २४ , २०८०
चुरेकुञ्जले ‘जनताको प्रश्न जनप्रतिनिधिको जवाफ अभियान शुरु गरेको छ । संघीय, प्रदेस तथा स्थानिय सरकारमा जनताको मत जितेर गएका प्रतिनिधिहरुले निर्वाचनमा गरेका बाचा, अहिले सम्म गरेका गतिविधि, बिकासको चुनौती एवम् आगामी कार्य योजना जनता सामु छर्लङग पार्ने सञ्चार कर्मको दायित्व सम्झेर सबै प्रतिनिधिलाई एकै प्रश्न मार्फत अभियानमा जोड्ने प्रयास गरेका छौं । प्रस्तुत छ, गुलरिया नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सर्वजीत यादवसँग पत्रकार मुरली गोडीयाले गरेको कुराकानी जस्ताको तस्तै :
तपाईले भोट माग्दा जनता संग के के बाचाहरु गर्नु भएको थियो बताई दिनुस न ?
धन्यवाद । मैले बाचा गरेका कुराहरु थुप्रै छन् । गाँउका सानासाना बाटा घाटाहरु बनाउने भनेको छु । शिक्षा स्वास्थ्यमा विशेष कार्यक्रम गर्ने, त्यस्तै गरिबी निवारणका लागी काम गर्ने बाचा गरेको छु । वार्डमा थुप्रै कार्यक्रम गरिएको छ । कृषि क्षेत्रमा विकास गर्ने, विद्युत सेवा पु¥याउने भनेको छु । मैले आफुले सक्दो आफनो अधिकार क्षेत्रभित्र रहेका नागरिक संग जोडिएका समस्याहरुलाई समाधान गर्नलाई नागरिक संग बाचा गरेको छु । शिक्षा, स्वास्थ्यलाई बढी प्राथमिकता दिने बाचा गरेको छु ।
तपाई विजयी भएर आइ सकेपछि के के कामहरु गर्नु भयो ?
म आएपछि वडामा थुपै्र काम गरेको छु । विकास योजनाका कार्यक्रमहरु आए, वडामा सिप मुलक कार्यक्रमहरु आए । सिपमुलक कार्यक्रममै स्तरउन्नती, बाटोघाटो बनायौं, चौतारा, मठ मन्दिर बनायौं । विद्यालयमा भवनका कार्यलाई स्तरउन्नती र आधारभुत स्वास्स्थ्य केन्द्रलाई पनि व्यवस्थित ग¥यौं । शिक्षालाइ बढी फोकस गरेर काम गरेको छु । वडामा धेरै खालका समस्या छन । वडामा गरिब मधेशी समुदायको बस्ती छ । गरिब बस्ती छ । वितरणमुखी कार्यक्रम छैन । वितरण मुखी ल्याउन भन्छन । तर विकासमुखी कार्यक्रम गर्न सोही अनुरुप कार्य गर्दै आएको छु ।
तपाईले विकासका कार्यहरु गरि रहँदा कस्ता चुनौतीहरु आएका छन ?
चुनौती भनेको थ्ुपै्र छ । करिब ७० प्रतिशत मधेशी समुदायका यादव, बन्जार, गोडिया लगायत मधेशी समुदायको बस्ती छ । साउन भदौमा बाढी आँउछ त्यती बेला समस्या हुने गरेको छ । सिमा संग पनि जोडिएको वडा हो । जंगली जनावरको पनि आक्रमणहरु हुने गरेका छन । चूनौतीहरु धेरै छ । विकासका क्षेत्रमा सरकारको त्यती बजेट हुन्न नगरको वा सहरी विकासको पनि बजेट हुन्न विकासका कार्यहरु गर्ने क्रममा समाज बाटै विभिन्न चुनौतीहरु आएको भएपनि सवै संग सहकार्य गर्दै अगाडी बढ्दै समन्वय गर्दै बढेको छु ।
जनताले चाहे जति तपाईले काम गरे जस्तो लाग्छ ?
मैले निर्वाचन जितेर आएपछि वडाका जनताको घरघरमा गई काम गरेको छु । जनता बाट अहिले सम्म सकारात्मक प्रतिक्रिया पाएका छौं । वडा नम्बर ३ का जनताले मलाई मानेको जस्तो लागेको छ । जनताको भावना अनुसार नै विकासका कार्यहरुलाई अगाडी बढाउँदै जाने छु ।
तपाईका अगामी बाचा प्रतिबद्धताहरु के के छन् ?
अगामी बाचाहरु आगामी दिनमा वडा नम्बर ३ लाई विकासको दृष्टिकोणले बाटो घाटो सम्पुर्ण रुपमा सम्पन्न गर्ने हो । विशेष गरि शिक्षा स्वास्थ्य तर्फ विशेष फोकस गर्ने हो । धन्यवाद ।